
बर्दिया,२९ मङसिर । बर्दियाको बढैया ताल गाउँपालिकाको कृषिशाखामा चोरी भएको छ । शुक्रबार राती बढैयाताल गाउँपालिका अन्र्तगत रहेको कृषि शाखामा कार्यालयको ताला फोडी डेक्सटप कम्प्युटरको मनिटर र ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी कृषि शाखा नजिकै रहेको मैनापोखर शारदा बहुमुखि क्याम्पस मैनापोखरको अफिसबाट दुई ओटा डेक्सटप कम्प्युटर मनिटर चोरी भएको छ ।
ढोकामा भएको ताला फोडी २ ओटा मनिटर चोरी भएको प्रहरीले जनाएको छ । क्याम्पसको कम्प्युटरको सि पि यु भने यथास्थानमा रहेको प्रहरीले जनाएको छ ।
यता बढैयाताल गाउँपालिका ८ शितला बजारमा गत बुधबार राती लोकनाथ कंडेलको घरबाट २ लाख नगद र १० तोला ६ आना सुन, १ ल्यापटप र ट्यावलेट मोवाईल चोरी भएको छ ।
चोरीमा संलग्नहरुको खोजी भईरहेको इलाका प्रहरी कायालय मैनापोखरका प्रमुख तथा प्रहरी निरिक्षक लक्ष्मण वलीले बताए । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक वलीले बताए ।








प्रतिक्रिया दिनुहोस्