ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएल–चितवन टाइगर्सको पहिलो जित


admin
मंसिर २८, २०७५ शुक्रबार   १ : ५०   बजे

काठमाडौं,२८ मङसिर ।  चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई पाँच रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले विराटनगरलाई १९७ रनको लक्ष्य दिएको थियो । जवाफमा विराटनगर २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमा समेटियो ।

विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले सर्वाधिक ९० रनको योगदान दिए तापनि त्यो जितको लागि पर्याप्त भएन । ४२ बल खेलेको ह्यातले आठ छक्का र पाँच चौका प्रहार गरे । त्यसैगरी करण केसी २४ रनमा अविजित रहे भने आसिफ शेखले ३०, कप्तान खड्का १९ तथा अनिलकुमार साहले १२ रन जोडे ।

बलिङतर्फ चितवनका ललितसिंह भण्डारी एक्लैले चार विकेट लिए भने सागर ढकालले तीन विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९६ रनको योगफल बनाएको थियो ।

चितवनका लागि जोन सिमप्सनले सर्वाधिक ७८ रनको योगदान दिएका थिए भने दीपेन्द्रसिंह ऐरीले ३२, सन्दीप सुनारले ३०, जर्ज स्कट २४ तथा पाउल स्टर्लिङले १५ रन जोडे ।

विराटनगरका लागि वसन्त रेग्मी, पारस खड्का, करण केसी, तथा भान मिकरनले एक÷एक विकेट लिए । जितसँगै चार खेलबाट दुई अङ्क जोडेको चितवनको प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ ।

त्यस्तै यता पराजित विराटनगरको पनि प्ले अफ सम्भावना कायमै छ । विराटनगरले चार खेलबाट चार अङ्क जोडेको छ । अङ्क तालिकामा विराटनगर तेस्रो तथा चितवन चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group