ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता पाउँदा अपाङ्गता भएकी नेत्रकुमारी दङ्ग


admin

पर्वत, २८ मङ्सिर । परिवारका सदस्यको अपहेलनाका कारण नागरिकतासमेत पाउन नसकेकी अपाङ्गता भएकी नेत्रकुमारी कुँवरले नागरिकता प्रमाणपत्र पाउँदा बिहीबार निक्कै दङ्ग देखिनुभयो ।

आफूले जन्म दिएकी छोरीलेसमेत नचिन्दा नागरिकताबाट बञ्चित भएकी नेत्रकुमारीलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिकता दिलाएपछि उहाँ निक्कै खुशी हुनु भएको हो ।

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाकी ५६ वर्षीया वाक अपाङ्गता भएकी नेत्रकुमारीलाई परिवारका सदस्यको सनाखत गराएर जिल्ला प्रशासन कार्यालयले नागरिकता दिलाएको हो । नागरिकता पाउँदा निक्कै खुशी भएकी नेत्रकुमारीले अस्पष्ट आवाज र हातको इशारामा सबैलाई धन्यवाद दिनुभयो ।

विवाह भएको २९ वर्षसम्म परिवारका सदस्यले नागरिकता र अंशसमेत नदिएका कारण अपहेलना सहँदै आएकी नेत्रकुमारीको अवस्था थाहा पाएपछि प्रजिअ ढकालले जनप्रतिनिधि र परिवारका सदस्यलाई झिकाएरै नागरिकता दिलाउनुभयो ।

“एउटा विधवा महिलाले अहिलेसम्म परिवारको अपहेलनामा नागरिकता नपाएको देखेपछि परिवारका सदस्यलाई झिकाएरै नागरिकता दिएको हुँ”, प्रजिअ ढकालले भन्नुभयो, “आफैँले जन्मदिएकी छोरीले ‘चिन्दिन’ भन्ने अवस्था देखेपछि मैले नागरिकता दिलाउने अठोट लिएको हुँ ।”

विसं २०१९ मा साविकको थापाठाना गाविस हाल पर्वतको फलेवास नगरपालिका वडा नं २ थापाठानामा जन्मिएकी नेत्रकुमारी कुँवर विसं २०४६ मा फलेवास नगरपालिकाकै साविकको मुडिकुवा गाविस हाल फलेवास–४ का छविलाल कुँवरसँग दोस्रो श्रीमतीका रुपमा विवाह गर्नुभएको थियो ।

विवाहपछि विसं २०५३ मा उनकै कोखबाट सुस्मिताको जन्म भएको थियो । उहाँका घर परिवारले सुस्मिताको जन्म भएपछि २० दिन नपुग्दै कुटपिट र गालीगलौज गरेर घर निकाला गरेका थिए ।

घर निकाला गरेपछि उनी माइतीघरमा बस्दै आएको र जन्म दिएकी छोरीलाई लिन जाँदा घरपरिवारलेसमेत बच्चालाई लुकाएका थिए । जन्मेपछि आमालाई चिन्नै नपाएकी सुस्मिताले नागरिकता दिलाउने क्रममा चिन्दिन भन्नुभएको थियो ।

छविलालकी जेठी श्रीमतीले नै सुस्मिताको पालनपोषण गर्दै आएकी सुस्मिता र नेत्रकुमारीकी सौताले नै बिहीबार सनाखत गरिदिएका छन् ।

फलेबास नगरपालिकाका प्रमुख पद्मपाणि शर्मालेसमेत नागरिकता दिनका लागि सनाखत दिएपछि २९ वर्षपछि नेत्रकुमारीले अधिकार पाएकी छन् ।

प्रजिअ ढकालकै उपस्थितिमा नेत्रकुमारीलाई अंश दिने, उनका श्रीमान् छविलालका मृत्युका क्रममा भएको खर्च बेर्होनेलगायतका कुरामा समेत परिवारका सदस्यकाबीचमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com