ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा


admin

काठमाडौं,२७ मङसिर। नेपाली काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाली काँग्रेसले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबारबाट सुरु हुने पार्टी महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको औंपचारिक जानकारी गराएको हो ।

काठमाडौंको रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्नु हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

महासमिति बैठकमा भाग लिन विभिन्न मुलुकमा रहेका पार्टीका जनसम्पर्क समितिका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भईसकेकोपनि पत्रकार सम्मेलन जानकारी दिइएको छ ।

महासमिति बैठकमा १६ सय जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने पनि प्रवक्ता शर्माले बताउनु भयो ।

महासमिति बैठक उद्घाटन भएकै दिन शनिबार अपरान्हबाट बन्द सत्र सूरु हुने कार्यक्रम पनि तय गरिएको छ । महासमिति बैठक उद्घाटन भएकै दिन अपरान्हबाट बन्द सत्र सुरु हुने प्रवक्ता शर्माले बताउनु भयो । बन्द सत्रमा पार्टी केन्द्रिय कार्य समितिबाट पारित पाँच वटै प्रतिवेदनहरु पेश हुनेछ ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतले अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको आय÷व्यय विवरण समेटिएको प्रतिवेदन बन्द सत्र सुरु

पुस १ गतेबाट महासमिति बैठकमा सो प्रतिवेदनमाथिको छलफल प्रदेश स्तरीय ७ वटा समूह बनाएर सुरु हुनेछ । प्रवक्ता शर्माले पुस ३ गते मध्यान्हसम्म सो प्रतिवेदनमाथि छलफल गरी महासमिति बैठकले आवश्यक निर्णय लिने पनि बताउनु भयो ।

महासमिति बैठकले पार्टीलाई नविन उर्जा दिने काँग्रेसले विश्वास लिएको छ । पार्टी जीवनलाई महासमिति बैठकले नयाँ उर्जा दिने प्रवक्ता शर्माले दावी समेत गर्नु भयो ।

काँग्रेसले भोलि शुक्रबार भने महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरुलाई पार्टी कार्यालयमा स्वागत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com