ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

प्राकृतिक चिकित्सामा बरदान बन्दै म्याग्दीका तातोपानी कुण्डहरु


admin
मंसिर २५, २०७५ मंगलबार  १ : ४९ बजे

गलेश्वर, २५ मङ्सिर । प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरुका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरु बरदान सावित भएका छन् ।

खास गरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरुबाट आक्रान्त व्यक्तिहरुका लागि यहाँका तातोपानी कुण्डहरु लाभदायी भएका हुन् ।

जाडोयाममा बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा अहिले देशैभरिबाट बेनी नपा–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न आउनेहरुको भीड लागेको छ ।

कात्तिक अन्तिम साता पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा सपरिवार तातोपानी कुण्डमा डुबेर फर्किए पछि देशभित्र र बाहिर सिङ्गा तातोपानीको चर्चा बढेको छ ।

म्याग्दी जिल्लाका काली, म्याग्दी र रघुगङ्गाको किनाराका धेरै ठाउँमा तातोपानीका कुण्डहरू छन् । जिल्लाका दग्नाम, भुरुङ, मुदी र सिङ्गामा रहेका प्राकृतिक तातोपानी कुण्डहरू पछिल्लो समय प्राकृतिक चिकित्सालयका रुपमा विकास हुँदै गएका छन् ।

सदरमुकाम बेनीबजारबाट नौ किलोमिटर पश्चिम बेनी नपा–४ मा म्याग्दी नदीको किनारमा अवस्थित सिङ्गा–तातोपानीे कुण्ड देशकै प्रशिद्ध तातोपानीको कुण्ड हो ।

कुल ४१ फिट लम्बाइ र २१ फिट चौडाइमा फैलिएको यस कुण्डमा एकैसाथ ४०० जनाले स्नान गर्न, डुबेर उपचार गर्न वा आनन्द लिन सक्ने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

यो तातोपानी कुण्डको तापक्रम पोखरीमा ४५–४८ डिग्री सेल्सियस र मूलमा ५४–५७ डिग्री सेल्सियस रहेको छ । यो कुण्डमा रोगीको अवस्था हेरेर हप्ता दिनदेखि दुई हप्तासम्म नुहाउने गरिन्छ ।

यहाँ डुबेर उपचार गराउन देशैभरबाट बिरामीहरु आउने गरेका छन् । पछिल्लो समय पक्षाघात भएका बिरामीहरुसमेत तातोपानी कुण्डमा उपचारका लागि आउने गरेका र पहिलाको भन्दा निको भएर फर्किने गरेका समितिका कर्मचारी मेखी खत्रीले बताउनुभयो ।

बाथ रोगबाट पीडित आफ्नो बुबालाई उपचारका लागि तातोपानीमा लिएर आउनुभएका झापा दमकका सोमप्रसाद सिग्देलले एक हप्ता तातोपानीमा डुबेर उपचार गर्दा बुबालाई धेरै निको भएको र अरु एक हप्ता यहाँ डुबेर फर्किने बताउनुभयो ।

यहाँ नेपालका मात्र होइन नेपालसँग सिमाना जोडिएको भारतका रुपैडिया, नानपारा, विहार, गोरखपुरलगायत भारतका विभिन्न ठाउँहरुबाट समेत बिरामीहरु डुब्न आउने गरेका समितिले जनाएको छ ।

यो कुण्डमा स्नान गर्न सजिलो होस् भनेर वरिपरि पर्खालले घेरेर पोखरी बनाइएको छ । तातोपानी कुण्डमा विसं २०४२ सालभन्दा पहिले आजभोलिको जस्तो सुविधा थिएन ।

होटल, लजको व्यवस्था नभएको हुनाले ओडारमा बस्नु पर्दथ्यो । स्थायी स्नान कुण्डको व्यवस्था नभएको हुनाले माघ, फागुन र चैत महिनामा मात्र कुण्डमा डुब्न आउने मानिसको भीड हुन्थ्यो ।

यातायातको अभावले टाढाटाढाबाट मानिसहरू आउन सक्दैनथे । विसं २०४२ सालमा म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारीको पहलमा तातोपानी व्यवस्थापन समिति गठन भएको थियो । तथापि सो समितिले खासै काम गर्न सकेन ।

तातोपानी कुण्डको महत्व बढाउन र यसको संरक्षण गर्न विसं २०४५ सालमा प्रबुद्धकुमार शाक्यको अध्यक्षतामा ‘तातोपानी कुण्ड भौतिक सुधार तथा व्यवस्थापन समिति’ गठन भएपछि यो कुण्ड व्यवस्थित तरीकाले सञ्चालन हुँदै आएको स्थानीय विक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

यो तातोपानी कुण्डको महत्व बढ्दै गएपछि यहाँ स्नान गर्न आउने मानिसहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यसकारण कुण्डमा स्नान गर्न आउने मानिसहरूको चापलाई ख्याल गरी व्यवस्थापन समितिले यो कुण्डको मर्मत र क्षमता विस्तार गरेको छ ।

रघुगङ्गा तातोपानी कुण्ड : रघुगङ्गा गाउँपालिका–५ को दर्मिजा भन्ने गाउँको पुछारमा रघुगङ्गाको किनारमा एक तातोपानीको कुण्ड छ । यो कुण्डलाई व्यवस्थित बनाउन स्थानीय बासिन्दाले विभिन्न किसिमका पूर्वाधारको विकास गरिरहेका छन् ।

यो कुण्डमा स्नान गर्न कुइनेमङ्गले, चिमखोला, झिं, दग्नाम, दोवा, पाखापानी, पात्लेखेत, बेग, राखु पिप्ले र भगवतीका बासिन्दा आउने गर्दछन् । यहाँ माघ महिनादेखि असार महिनाको पहिलो हप्तासम्म स्नान गर्न सकिन्छ ।

भुरुङ–तातोपानी कुण्ड: अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ तातोपानी भन्ने ठाउँमा कालीगण्डकीको किनारमा तातोपानीको कुण्ड छ । यसलाई तप्तकुण्ड भनिन्छ । यसको आसपासमा पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरूले आफूलाई पायक पर्ने मुहानमा नुहाउने चलन छ ।

यद्यपि तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । यो कुण्डलाई वरिपरि पर्खाल लगाएर गोलाकार बनाइएको छ ।
मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानीको तप्तकुण्डको विशेष चर्चा गरिन्छ ।

मुक्तिनाथ जाने तीर्थ यात्री र मुस्ताङको भ्रमणमा आउने पर्यटकहरूले यो तातोपानीको भरपूर उपयोग गर्ने हुनाले यसको महिमा बढेको हो भन्ने कुरामा कुनै द्विविधा छैन । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरू प्रशस्त मात्रामा आउने गर्दछन् ।

तिनीहरूले विश्राम गर्ने स्थलको रूपमा तातोपानी क्षेत्रलाई रोजेको हुनाले यहाँ बाह्रैमास पर्यटकहरू भेटिन्छन् । तातोपानी बजारमा सँधै नै पाश्चात्य मुलुकका मानिसहरू भेटिने हुनाले यो क्षेत्रलाई नेपालको युरोप भन्ने पनि चलन छ ।

मुदीको (फल्तीखेत) तातोपानी कुण्ड ः म्याग्दी जिल्लाको उत्तर–पश्चिममा पर्ने धवलागिरि गाउँपालिका–३ मुदीको बगर भन्ने ठाउँमा म्याग्दीखोलाको किनारमा तातोपानीको कुण्ड छ । यो कुण्ड व्यवस्थित नभएको हुँदा स्थानीय मानिसले मात्र स्नान गर्दछन् । धवलागिरि हिमाल आरोहणका लागि आउने पर्वतारोहीहरूले पनि यसको उपयोग गर्ने गर्दछन् ।

तातोपानीमा गन्धकको गन्ध र बीरेनूनको विशेष किसिमको स्वाद आउँछ । गन्धक आफैंमा एक प्राकृतिक एन्टियोबायोटिक भएको हुनाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्न दिँदैन । त्यसकारण तातोपानी कुण्डमा स्नान गर्दा एक जनामा भएको रोग अर्कोमा सर्ने सम्भावना नहुने चिकित्सकहरुले बताएका छन् ।

तातोपानीको कुण्डमा डुब्नाले गाँठा–गुठी परेको, सुन्निएको, बाथ रोग, पेट दुख्ने, फुल्ने र डकार आउने जस्ता पेटसम्बन्धी रोग, छालामा आउने विभिन्न चर्मरोग तथा हाड जोर्नी, दुख्ने, सुनिने, नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको ठाउँमा चिसोका कारण दुख्ने रोग निको हुन्छ ।

तर, उच्च रक्तचाप र विविध कारण रिङ्गटा लाग्ने व्यक्तिले तातोपानी कुण्डमा स्नान गर्दा विशेष ख्याल गर्नु पर्दछ । म्याग्दीका तातोपानीका कुण्डमध्ये सिङ्गा–तातोपानी र भुरुङ–तातोपानीको विशेष महिमा छ ।

समितिको तथ्याङ्कअनुसार सिङ्गा–तातोपानीमा २०६२ पुषदेखि २०७४ साल कात्तिक २० गतेसम्ममा अर्थात करीब १२ वर्षमा १ लाख १० हजार जनाले स्नान गरेको देखिन्छ । यसमध्ये ३० हजार भन्दा बढी व्यक्तिहरु पूर्णरुपमा निको र अन्य आंशिक रुपमा निको भएर फर्केका कुण्ड समितिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले प्रत्यक्षतर्फ १०० सिट जित्यो (सूचीसहित)

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com