ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा महानगरको १३ नम्बर वडा बासीलाई स्मार्टकार्ड


admin

पोखरा,२३ मङसिर । पोखरा महानगरपालिकाको वडा नम्बर १३ ले वडावासीको सम्पूर्ण लागत राख्ने गरी स्मार्टकार्ड वितरण गरेको छ । पोखरामानै पहिलो पटक स्मार्ट लाइसेन्सको जिम्मा लिएको मालिका सफ्टवेयर नेपालको प्राविधीक सहयोगमा पोखरा महानगरको १३ नम्बर वडाबाट स्थानिय तहबाट स्मार्टकार्ड प्रदान गरिएको हो । वडाबासी शोभाकान्त सिग्देललाई वडाअध्यक्ष दर्शन लामाले स्मार्ट कार्ड प्रदान गरी स्मार्ट कार्डको सुरुवात गरेका हुन ।

वडाबासीले वडाबाट पाउने सुविधालाई सरल र छिटो छरितो ढंगले प्रदान गर्नका लागी वडाले स्मार्ट कार्ड लागु गर्न लागेको हो । वडामा रहेका वडा बासीको जनसंख्या, घरको पारिवारिक विवरण, सम्पति विवरण, बस्तुभाउ र वडाका सम्पूर्ण सडकहरु समेत छुट्याउने र उनीहरुको लागत राख्ने उद्देश्यले स्मार्ट कार्ड लागु गरिएको वडा अध्यक्ष दर्शन लामाले बताए ।

स्मार्ट कार्डबाट वडा वासीले स्थानिय तहबाट प्रदान गरिने ६४ वटा सेवा सुविधाहरुको सिफारिसलाइ समेत स्मार्टकार्डकै माध्यामबाट छिटो छरितो र सरल ढंगबाट प्रदान गर्ने गरी स्मार्ट कार्ड प्रदान गरिएको बताउदै अध्यक्ष लामाले वडाबाट प्रदान गरिने सिफारिस हातले भरि राख्न नपर्ने स्मार्ड कार्डको क्युआर कोर्ड स्क्यान गर्नासाथ प्रोफाइल आउने र कुन प्रकारको सेवा लिने हो त्यसमा गएर क्षणभरमै सिफारिस प्रदान गरिने भएकाले समयको सदुपयोग हुने बताए ।

सो अवसरमा स्मार्ट कार्डको जिम्मा पाएको मालिका सफ्टवेयर नेपालका प्रवन्ध निर्देशक सुरेश गिरीले ५ वर्ष वारेन्टी रहेको र कार्डमा वडामा बसोवास गर्नेको नागरिकताको प्रोफाइल र घरको विवरणलाई समावेश गरिएको र वडामा बस्ने ब्याक्ति कस्ले के गर्छ बार्षिक आम्दानी कति छ अध्ययन कति पेशा के गर्छ वैदेशिक रोजगारमा छ की छैन भन्ने सम्पूर्ण विवरण समेत रहने गरी प्रदान गरिने वताए । जसका लागी सुरुमा कार्ड लिने ब्याक्तिले सुरुमा सम्पूर्ण विवरणहरु भर्नुपर्ने बताए ।

सिस्टममा रहेपछि सेवाग्राहीले आफ्नो विवरणहरु थपघट गराउनका लागी पनि आग्रह गर्न सक्ने र तत्काल सेवाग्राहीको आग्रहलाई सुल्झाउने गरी प्राविधीकहरुले काम गर्ने वडाले जानकारी दिएको छ । २०६८ सालको जनगणना अनुसार १७ हजार ७७ जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com