ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साना तथा घरेलु उद्योग महोत्सव हुने


admin
मंसिर २२, २०७५ शनिबार  ६ : १९ बजे

काठमाडौं,२२ मङसिर । साना तथा घरेलु उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन २३ देखि २७ गतेसम्म १५औँ अन्तर्राष्ट्रिय ओद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार यस पटकको महोत्सवको नारा “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” तथा “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” तय गरिएको छ ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्पलाई अगाडि बढाएको सन्दर्भमा त्यसलाई पूरा गर्ने लक्ष्यका साथ मेला आयोजना गरिएको महासङ्घले जनाएको छ ।

हाल देशभर झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा छन् । स्वदेशी उत्पादनलाई बढुवा दिनका लागि मेला आयोजना गरिएको महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो ।

आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेको घरेलु तथा साना उद्योग प्रविधि र क्षमताका आधारमा प्रतिस्पर्धी बन्न नसक्दा यसले आकर्षक प्रतिफल दिन सकेको छैन ।

मेलामा भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । प्रदर्शनीमा २०० वटा स्टल रहने र दुई लाख बढीले अवलोकन गर्ने लक्ष्य आयोजकको छ ।

मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, लघु, घरेलु तथा साना उद्योग विकास कोष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com