ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालकको लापर्वाहीले दुर्घटना धेरै


admin
मंसिर २२, २०७५ शनिबार  २ : ५८ बजे


काठमाडौं,२२ मङसिर । चालू आर्थिक वर्षको चार महीनामा मुलुकभर भएको सवारी दुर्घटनामा परी ८६५ को ज्यान गएको छ ।

साँघुरो सडक र तीव्र गतिका कारण देशभर दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको हो । प्रहरीका अनुसार चार महीनामा सात हजार २३७ दुर्घटना भएका थिए । उक्त दुर्घटनाबाट साउनमा १९२, भदौमा २०५, असोजमा २८५ र कात्तिकमा २९८ को ज्यान गएको छ । आव २०७४÷०७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ ले ज्यान गुमाएका थिए ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापर्वाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउनुहुन्छ । “चालकको लापर्वाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, यात्रुको गल्ती, एकापसमा उछिन्ने प्रवृत्ति, तीव्रगति, यान्त्रिक गडबडीका कारण बढी दुर्घटना हुने गरेको छ”, उहाँ थप्नुहुन्छ ।

सवारी दुर्घटनाबाट ६२२ पुरुष, १५७ महिला, ५३ बालक र ३३ बालिकाले ज्यान गुमाएका छन् । मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेका छन् । सोही अवधिमा दुर्घटनामा एक हजार ४८८ गम्भीर र तीन हजार ७२७ सामान्य घाइते भएका थिए । लामो समयदेखि मुलुकको यातायात क्षेत्रमा रहेर काम गर्नुभएका नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको बताउनुहुन्छ ।

उहाँले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेको बताउनुभयो । श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउनुहुन्छ । “मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा २० देखि २५ प्रतिशतसम्म दुर्घटना हुने गरेको छ”, उहाँ भन्नुहुन्छ । काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।

उपत्यकामा ८१ को मृत्यु 

काठमाडौँ उपत्यकामा चार महीनाको अवधिमा ८१ को सवारी दुर्घटनामा ज्यान गएको छ । यसैगरी प्रदेश नं १ मा ९६, प्रदेश नं २ मा १६९, प्रदेश नं ३ मा १७३, गण्डकी प्रदेशमा ७७, प्रदेश नं ५ मा १७४, कर्णाली प्रदेशमा ५० र सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट ४४ ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्त साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउनुहुन्छ । “लापर्वाही र चालकले ट्राफिक जानकारीबारे ध्यान नदिँदा उपत्यकामा दुर्घटना बढेको हो”, उहाँ भन्नुहुन्छ ।

दुर्घटना घटाउन आरामस्थल निर्माण

चालकको लापर्वाहीका कारण दुर्घटना बढ्न थालेपछि प्रहरीले गृहमन्त्रालयको सहयोगमा देशभरका १४ स्थानमा चालक र सहचालकका लागि आरामस्थल बनाउन लागेको छ । जसमध्ये छ स्थानमा आरामस्थल सञ्चालनमा आइसकेको छ । बाँकी आठ स्थानमा पनि चाँडै सञ्चालनमा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गर्नुभएको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुत तथा विश्वसनीय बनाउन जारी गर्नुभएको १० बुँदे प्राथमिकताको आधारमा सात प्रदेशमा आरामस्थल निर्माण गर्न लागिएको हो । प्रदेश नं २ को तीन स्थान, प्रदेश नं ६ को एक स्थान र अन्य पाँच प्रदेशको दुई-दुई स्थानमा आरामस्थल स्थापना हुन लागेको छ ।

जसमा प्रदेश नं १ मा सुनसरीको कोशी कटान र इलामको कटेनी सडकखण्ड, प्रदेश नं २ मा बाराको पथलैया, धनुषाको लालगढ र सप्तरीको शम्भुनाथ, प्रदेश नं ३ मा सिन्धुलीको खुर्कोट र धादिङको मझिमटार, गण्डकी प्रदेशमा नवलपरासीको कावासोती र तनहुँको दुलेगौडा, प्रदेश नं ५ मा दाङको लमही र बर्दियाको बाँसगढी, कर्णाली प्रदेशको सुर्खेत छिन्चु र सुदूरपश्चिम प्रदेशको कैलालीको घोडाघोडी र डोटीको बुढर रहनेछ ।

गृह मन्त्रालयले प्रत्येक आरामस्थल निर्माण गर्न रु ४० लाख ५० हजारका दरले बजेट विनियोजन गरिसकेको छ ।

सुनसरीको कोशी कटान, सिन्धुलीको खुर्कोट, नवलपरासीको कावासोती, दाङको लमही, सुर्खेतको छिन्चु र कैलालीको घोडाघोडीमा आरामस्थल सञ्चालनमा आइसकेको छ । प्रहरी प्रवक्ता सुवेदी आरामस्थल सञ्चालनमा आएसँगै सवारी दुर्घटनामा कम आउने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com