ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हतियार र लागुऔषधसहित दुई जना पक्राउ


admin

लहान, २२ मङ्सिर । हतियार तथा लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिकाबाट आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार तथा लागुऔषधसहित लहान नगरपालिका–४ निवासी रञ्जीत यादव र लहान नगरपालिका–५ निवासी रामचन्द्र पासवानलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा लहान नगरपालिका–४ स्थित रञ्जीत यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा केएफ आठ एमएम लेखिएको दुई थान पेस्तोल, ३०३ राइफलको गोली एक राउण्ड तथा प्रयोग भइसकेको डाइजेल्याब आठ एम्पुल, फेनार्गन ६ एम्पुल, लुपिजेसिक दुई एम्पुल, सिरिञ्ज आठ थान, नाइट्रोभेट पाँच थान डाइलेक्स डिसी एक बोतललगायतका लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

अज्ञात समूहले रकम लुटपाट गरेको भनि गलत अफवाह फैलाएको आरोपमा प्रहरीले सिरहाको धनगढीमाई नगारपालिका–१० निवासी चितकुमार कामैतलाई पक्राउ गरी कारवाही चलाएको छ ।

सिरहाको गोलबजारस्थित ज्योति विकाश बैंकबाट नगद झिकेर फर्किंदै गरेको अवस्थामा धनगढीमाइ नगरपालिका–३ स्थित उग्रचण्डी पेट्रोल पम्प नजिकै रातो कलरको अपाची मोटरसाइकलमा सवार दुईजना व्यक्तिले आफ्नो साथमा भएको नगद रु सात लाख लुटपाट गरेको सूचना कामैतले प्रहरीले दिएको थियो ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा कामैतको उक्त रकम आफ्ना साथी एवं नातेदारलाई राख्न दिएको र केही रकम निज स्वयंले साथमा राखेको खुल्न आएपछि उहाँलाई पक्राउ गरिएको जिप्रकामा प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका कामैतमाथि झुठा अफवाह फैलाएको कसुरमा कारवाही चलाइएको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com