ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय चुलो सम्बन्धी मापदण्ड ल्याइँदै


admin

काठमाडौं,२२ मङसिर । खाना पकाउन आयातित एलपी ग्यासको निर्भरतासँगै व्यापार घाटामा वृद्धि र वातावरणीय प्रकोपको समस्यालाई न्यूनीकरण गर्न इण्डक्सनलगायत विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

वार्षिक झण्डै १३ अर्ब रुपैयाँको एलपी ग्यास आयात हुने गरेको र वर्षेनी २१ प्रतिशतका दरले वृद्धि भइरहेको अवस्थामा भएको खपत कम गर्न स्वदेशमा उत्पादन हुने विद्युत्बाट खाना पकाउने र उद्योगधन्दा स्थापना गर्न सकिने भएकाले राज्यले स्थायी नीति र मापदण्ड निर्धारण गर्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।

इन्डक्सनलगायत विद्युतीय चुलोको मापदण्डको मस्यौदामाथि छलफल गर्न नेपाल ऊर्जा फाडण्डेशनले आज यहाँ आयोजना गरेको कार्यशालाका सहभागीहरुले पहिलो पटक बनाउन लागिएको मापदण्डलाई कार्यान्वयनमा ल्याउन सरकारले पहल गर्नुपर्ने धारणा राखेका छन् ।

‘क्लिन कुकिङ एलायन्स’ (सिसिए) को सहयोगमा गुणस्तर तथा नापतौल विभागको सहकार्यमा फाउण्डेशनले तर्जुमा गरेको सो मापदण्डमा विद्युत्को उत्पादन बढेसँगै त्यसबाट खाना पकाउने चुलो कस्तो हुनुपर्ने, कसरी घरायसी तहमा पु¥याउने अन्तर्राष्ट्रिय अनुभव के कस्ता छन् ? यसबाट उपभोक्तादेखि राज्य तहमा पुग्ने फाइदाका बारेमा विस्तृत जानकारी दिएको छ ।

मापदण्ड तर्जुमा मस्यौदाकार सुवर्ण कपाली, महेश आचार्य, र नवराज सञ्जेलले मापदण्डमा उल्लेखित प्रावधानको बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले सरकारको सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न तथा दिगो विकास लक्ष्य, सन् २०२२ सम्म स्वच्छ ऊर्जाको पहुँच पु¥याउन विद्युतीय चुलोको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

गुणस्तरीय तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पर्याप्त गुणस्तरीय र सुलभ विद्युत् सेवाको पहुँच बढाउन सकिए विद्युतीय चुलोलाई देशमा विस्तार गर्न मापदण्डको कार्यान्वयन गरिन्छ भन्नुभयो ।

सिसिएका निरजा पनुमेट्छा र राष्ट्रिय प्रतिनिधि करुणा बज्राचार्यले एलपी ग्यास भन्दा विद्युतीय चुलो निकै सस्तो पर्ने भएकाले यसको प्रवद्र्धनका लागि मापदण्ड निर्धारण र त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरे, प्राडा अमृत नकर्मी, सामुदायिक ग्रामीण विद्युत् महासङ्घका रामकृष्ण हुमागाईंलगायतका वक्ताहरूले विद्युत्को पर्याप्त सम्भावना भएको मुलुकमा आयोजित ग्यासलाई प्रतिस्थापित गरी विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com