ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्ष दल काँग्रेसले लगायो सरकारलाई यस्तो आरोप


admin

काठमाडौं,२१ मङसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप लगाएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको शुक्रबारको बैठकले सरकार संघीयताको मर्म विपरित चलिरहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री केपी ओलीकै निर्वाचन क्षेत्र रहेको झापाको गौरादह नगरपालिकामा प्रमुखलाई काम गर्न रोकेर उपप्रमुखलाई जिम्मेवारी दिने काम सरकारले गरेपछि सरकार संघीयताको मर्म विपरित चलेको निष्कर्ष निकाल्नु परेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । बैठकमा काँग्रेस नेताहरुले केन्द्रिय समितिमा पेश गरेको विधान संशोधन मस्यौदामाथिको छलफल जारी राखेका छन ।

आईतबारको केन्द्रिय कार्य समिति बैठकमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी काँग्रेसको छ । सो प्रतिवेदनलाई अन्तिम रुप दिन शुक्रबार राजनीतिक प्रतिवेदन तयारी समितिको बैठक पनि बसेको छ ।

पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको सो समितिले आईतबार केन्द्रिय कार्य समितिमा आफ्नो प्रतिवेदन पेश गर्ने पनि पार्टीका प्रवक्ता शर्माले बताउनु भयो ।

आगामी मंसीर २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने राजनीतिक आर्थिक, सांगठनिक, विधानलगायतका मस्यौदालाई अन्तिम रुप दिन काँग्रेस केन्द्रिय कार्य समिति बैठक जारी छ ।

सबै प्रतिवेदनहरुमाथि छलफल गरी त्यसलाई पूर्णता दिन केही दिन लाग्ने भएकाले काँग्रेस केन्द्रिय कार्य समिति बैठक अझै केही दिन लम्बने पनि प्रवक्ता शर्माले स्पष्ट पार्नु भयो । मंसीर १३ गतेबाट सुरु भएको काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा हाल विधान र अर्थ नीति सम्बन्धि २ वटा प्रस्तावमाथि छलफल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com