ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्ष दल काँग्रेसले लगायो सरकारलाई यस्तो आरोप


admin
मंसिर २१, २०७५ शुक्रबार  ६ : ५२ बजे

काठमाडौं,२१ मङसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप लगाएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको शुक्रबारको बैठकले सरकार संघीयताको मर्म विपरित चलिरहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री केपी ओलीकै निर्वाचन क्षेत्र रहेको झापाको गौरादह नगरपालिकामा प्रमुखलाई काम गर्न रोकेर उपप्रमुखलाई जिम्मेवारी दिने काम सरकारले गरेपछि सरकार संघीयताको मर्म विपरित चलेको निष्कर्ष निकाल्नु परेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । बैठकमा काँग्रेस नेताहरुले केन्द्रिय समितिमा पेश गरेको विधान संशोधन मस्यौदामाथिको छलफल जारी राखेका छन ।

आईतबारको केन्द्रिय कार्य समिति बैठकमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी काँग्रेसको छ । सो प्रतिवेदनलाई अन्तिम रुप दिन शुक्रबार राजनीतिक प्रतिवेदन तयारी समितिको बैठक पनि बसेको छ ।

पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको सो समितिले आईतबार केन्द्रिय कार्य समितिमा आफ्नो प्रतिवेदन पेश गर्ने पनि पार्टीका प्रवक्ता शर्माले बताउनु भयो ।

आगामी मंसीर २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने राजनीतिक आर्थिक, सांगठनिक, विधानलगायतका मस्यौदालाई अन्तिम रुप दिन काँग्रेस केन्द्रिय कार्य समिति बैठक जारी छ ।

सबै प्रतिवेदनहरुमाथि छलफल गरी त्यसलाई पूर्णता दिन केही दिन लाग्ने भएकाले काँग्रेस केन्द्रिय कार्य समिति बैठक अझै केही दिन लम्बने पनि प्रवक्ता शर्माले स्पष्ट पार्नु भयो । मंसीर १३ गतेबाट सुरु भएको काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा हाल विधान र अर्थ नीति सम्बन्धि २ वटा प्रस्तावमाथि छलफल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com