ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा तीन सदस्यलाई


admin

 खस्यौली, १९ मङ्सिर । प्रदेश नं ५ को नामरकण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ ।

प्रदेश नं ५ को प्रदेश सचिवालयमा आज बसेको प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको बैठकले समितिका संयोजक दीपेन्द्रकुमार पुन, तुलसी चौधरी र रमा अर्याललाई जिम्मा दिइएको प्रदेश सचिवालयले जनाएको छ । उहाँहरुले प्रदेशसभा सञ्चालन हुनुअघि २६ गतेभित्र कार्यविधिमा संशोधन गर्नुहुने बताइएको छ ।

विशेष समितिका सदस्य तुलसी चौधरीले स्थायी राजधानीका लागि अझै केही समय लाग्ने उल्लेख गर्दै कार्यविधि पूर्ण भएपछि जिल्ला जिल्लाबाट सुझाव सङ्कलन गरिने जानकारी दिनुभयो ।

उहाँले समितिको म्याद थपका लागि आग्रह गरिएको जानकारीसमेत दिँदै प्रदेशसभाले म्याद थप नगरे प्रदेशसभामा नै छलफल गरिने बताउनुभयो । चौधरीले भन्नुभयो, “स्थायी राजधानीको विषयमा अझै टुङ्गोमा पुगिएको छैन र नामकरण गर्ने, स्थायी राजधानी तोक्ने विषयमा विधि बनाउँदै छौँ ।”

प्रदेश सदस्य चौधरीले प्रदेश नं ५ का विभिन्न जिल्लाबाट नामकरण र स्थायी राजधानीका विषयमा सुझाव सङ्कलन गरिने छ भन्नुभयो । प्रदेश नं ५ नेपाली काङ्ग्रेसका संसदीय दलका नेता तथा समितिका सदस्य बलदेव शर्मा पोखरेलले प्रदेशसभाका सदस्यले नै स्थायी राजधानीको टुङ्गो लगाउनसक्ने उल्लेख गर्दै अरुले टुङ्गो लाग्दैन भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com