ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन्तला किसानले बजार नपाएपछि..


admin

स्याङजा, १९ मङ्सिर । अघिल्ला वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादन बढेर खुशी भएका किसान बजार नपाउने भएपछि चिन्तित बनेका छन् । वर्षभरी गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो तर, दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा उनीहरु चिन्तामा परेका हुन् ।

छब्बीस वर्षदेखि सुुन्तला खेती गर्दै आउनुभएका पुतलीबजार नगरपालिका ११ मायाटारीका किसान बोधराज अर्यालले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजारको अभावले किसानहरुलाई चिन्तित बनाएको बताउनुभयो ।

छब्बीस वर्ष पहिले एउटा सुन्तलाको बोटबाट सुन्तला खेतीको सुरुआत गर्नुभएका अर्यालले अहिले ४५ रोपनी जमीनमा सुन्तला लगाउनुभएको छ । बजारमा अझै पनि सुन्तलाको भाउ आइनसकेको र आफूहरु बजारकै खोजीमा रहेको उहाँ बताउनुहुन्छ । सुन्तला, मुन्तला, जुनार, कागतीलगायतका अमिलो जातका फलफूलको खेती गर्दै आउनुभएका अर्यालले वर्षमा २६ लाख रुपैयाँ जति आम्दानी गर्नुहुन्छ ।

सुन्तला र जुनारको जाम र बोक्रा सुकाएर चियाको रुपमा दुई÷तीन वर्षदेखि उहाँले जापान निर्यात गर्दै आउनुभएको छ । उहाँको बगैँचाबाट हिमालसमेत राम्रोसँग देखिन्छ ।

सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिना पानीले क्षति पु¥याए पनि यस वर्ष फल राम्रो लागेकाले उचित मूल्य र बजार पाउनेमा उहाँ आशावादी हुनुहुन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनका अध्यक्षसमेत रहनुभएका अर्यालका अनुसार बजार व्यवस्थापन र शीत भण्डारको अभावले गर्दा किसान मर्कामा परेका छन् ।

भिरकोट ७ का मिनप्रसाद कोइरालाले २७ रोपनीमा सुन्तला खेती गर्दै आउनुभएको छ । वर्षमा १२ देखि १५ लाख रुपैयाँसम्म सुन्तलाबाट आम्दानी गर्दै आउनुभएका उहाँ थप जमीन लिएर सुन्तला खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ ।

अर्जुनचौपारी गाउँपालिका १ का सुन्तला किसान फणिनारायण अर्यालले पनि यस वर्ष सुन्तला राम्रैसँग फलाउनुभएको छ र गत वर्ष भन्दा बढी आम्दानी हुनेमा आशावादी हुनुहुन्छ ।

विसं २०४२ सालदेखि सुन्तला खेती गर्दै आउनुभएका अर्यालले अहिले ८० रोपनी जमीनमा सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँको बगैँचामा अहिले सुन्तला टिप्ने काम भइरहेको छ । यस वर्ष करीब ३० लाख रुपैयाँ आम्दानी गर्ने उहाँको लक्ष्य छ । अर्यालले सुन्तलाको बगैँचाभित्रको खाली जमीनभित्र कफी खेतीसमेत गर्नुभएको छ ।

कफीबाट वार्षिक रु दुई–तीन लाख आम्दानी हुने गरेको र यसलाई अझै विस्तार गर्दै लैजाने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यालय स्याङ्जाका सूचना अधिकारी महाप्रसाद पौडेलका अनुसार जिल्लामा दुई हजार ६८ हेक्टर जमीनमा किसानले सुन्तला खेती गर्दै आएका छन् । यसमध्ये सुन्तला सुपरजोनभित्र एक हजार १५६ हेक्टर जमीन रहेको छ ।

प्रतिहेक्टर उत्पादकत्व ११.७९ प्रतिशत मेट्रिक टन रहेको छ । जिल्लामा चौध हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन हुन्छ र उत्पादित सुन्तलामध्ये ११ हजार ४०३ मेट्रिक टन जिल्ला बाहिर बिक्री हुने गर्छ । बाँकी जिल्लामै खपत हुन्छ ।

प्रतिकिलो सरदर रु ४० का दरले बिक्री हँुदै आएको छ । यस वर्ष करीब रु ४६ करोड ४१ लाख २९ हजार बराबरको सुन्तला उत्पादन हुने अनुमान छ । यसमध्ये सुपरजोन क्षेत्रभित्र रु २६ करोड १९ लाख बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण सुपरजोन कार्यालय स्याङ्जाले गरेको छ । कार्यालयका अनुसार गत वर्ष करीब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सुन्तला सुपरजोन कार्यालय स्याङ्जाका कार्यालय प्रमुख मदन श्रेष्ठले सुन्तला जोनको रुपमा रहेको जिल्ला यसै वर्षको साउनदेखि सुन्तला सुपरजोनको रुपमा स्तरोन्नति भएको बताउँदै किसानहरु सुपरजोनमा सहभागी हुन निकै उत्साहित भए पनि सीमित स्रोत र साधनका कारण सबैलाई समावेश गर्न नसकिएको जानकारी दिनुभयो ।

प्रमुख श्रेष्ठका अनुसार हाइटेक नर्सरी, बजारीकरणका साथसाथै सुन्तला सङ्कलन केन्द्र स्थापना गर्ने योजना छ । किसानका लागि बगैँचामा गोडमेल गर्न आवश्यक पर्ने औजारहरु कार्यालयले उपलब्ध गराएको छ ।

सुन्तला सुपरजोनका रुपमा जिल्लाको पुतलीबजार नगरपालिका, भिरकोट, वालिङ नगरपालिकाका साथै अर्जुनचौपारी गाउँपालिकाका केही वडा रहेको र सुपरजोनमा सहभागी हुन चाहने सबै किसानलाई समावेश गर्न नसकिएको श्रेष्ठले बताउनुभयो ।

पुतलीबजार नगरिपालिकास्थित मायाटारी, करेन्डाँडा, ठुलाडिही, आँधिखोला गाउँपालिकाको फापरथुम, भिरकोट नगरपालिकाको खिलुङ देउराली, वालिङ नगरपालिकाको एलादि, डकालडाँडा, गल्याङ नगरपालिकाको पेलकोट, सिरौसा, अर्जुनचौपारी, हरिनासलगायतका स्थानीयवासीले सुन्तलाबाट वर्षमा पाँच लाखदेखि तीस लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

जिल्लामा उत्पादन भएको सुन्तला बुटवल, नारायणगढ, पोखरा, काठमाडौं लगायतका शहरमा बिक्री हुँदै आएको छ । जिल्लाको अधिकाँश ठाउँमा सुन्तला उत्पादन हुने भए पनि बजारको राम्रो व्यवस्थापन नहुँदा कतिपय किसान सुन्तला खेतीमा हात हाल्न हच्किएका छन् ।

किसानले उत्पादन गरेको वस्तुको उचित मूल्यमा खरिद गर्ने व्यवस्था सरकारले मिलाइदिए किसानको मनोबल बढ्ने र धेरै हदसम्म बेरोजगारी समस्याको समाधान हुनेमा दुईमत हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com