ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालिकालाई स्वःआत्मरक्षा तरिका सिकाउँदै नगरपालिका


admin
मंसिर १९, २०७५ बुधबार  ५ : २२ बजे

भक्तपुर ,१९ मङ्सिर ।बलात्कार, बालिका हिंसा र दुव्र्यवहारका घटना बढ्दै गएपछि सुर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई स्वःआत्मरक्षा सिप प्रदान गरेको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा सुर्यविनायक नगरस्तरिय बाल कल्याण समिति, युवाका साथ साथ आवाज नेपाल, युवालय र ओरेक नेपालको आयोजनामा मंगलबार र बुधबार दुईदिने बालिका सम्मेलनको आयोजना गरि आत्मरक्षा सम्बन्धी सिप प्रदान गरिएको हो ।

नगरपालिकाले आफ्नो १० बटै वडाका ११ देखी १९ बर्ष उमेर समुहका बालिकाहरुको सहभागितामा आत्मरक्षा सीप प्रदान गरि वडाका अन्य बालिकाहरुलाई पनि त्यो सिप र अनुभव प्रदान गर्ने र नगर क्षेत्रमा बालिका तथा किशोरी हिंसा अत्य गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।

प्रमुख थापाले नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट समेत बिनियोजन गरेकाले बालिकाहरुको हकहितमा नगरपालिका सक्रिय भएर कार्य गर्ने बताउनुभयो ।
सम्मेलन कार्यक्रममा गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं) ले सम्मेलनले घोषणापत्र समेत जारी गरेकाले त्यसका प्रभावकारी कार्यान्वयन हुन सके बालिका योन हिंसा न्युनिकरण र अन्य हुनसक्ने बताउनुभयो ।

अध्यक्ष बजगाईले बालबालिकाहरुको क्षेत्रमा राष्ट्रिय अन्र्तराष्ट्रिय संघसंस्थाहरुले बिभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको भएपनि त्यसले अझै परिणाममूखि नतिजा हासिल गर्न नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको अवस्थामा सरकारले महिला, बालबालिकाको क्षेत्रमा संवेदनशिल भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनले जारी गरेको घोषणापत्र कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।

सुर्यविनायक नगरस्तरिय बाल कल्याण समितिका संयोजक दिपक बिशुंंकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नगर बाल कल्याण समितिका सचिव दिपेश विशुंके, युवाका साथ साथ आवाज नेपालका अध्यक्ष राजेश घिमिरे, सचिव श्रीकृष्णजंग थापालगायतले बालिका सक्षम हुन सकेमात्र मुलुक समृद्ध हुन सक्ने बताउनुभयो ।

बालिका सम्मेलनले ९ बुँदे घोषणापत्र एवम् प्रतिबद्धतापत्र पनि जारी गरेको छ । प्रतिबद्धतापत्रमा नगर क्षेत्रका बालिका तथा किशोरीहरुमा हुने सबै प्रकारका यौनजन्य दुव्र्यवहार, हिंसा एवम् विभेद सामाजिक कुसंस्कार र हानीकारक मान्यता भएकाले यस्तो कार्यको नियमन, नियन्त्रण गर्ने प्रतिबद्धता गरिएको छ ।

साथै महिला, किशोरी र बालिकामैली नगरपालिका निर्माण गर्ने नीति समेत नगरपालिकाले अंगिकार गरेको जनाएको छ । सम्मेलनमा ११० बालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com