ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रमुख शर्माकोे सम्झनामा स्मृतिद्वार निर्माण गरिने


admin
मंसिर १९, २०७५ बुधबार  १ : ०९ बजे

गलकोट, १९ मङ्सिर ।  बागलुङ नगरपालिकाका पूर्वप्रमुख ऋषिराम शर्माको सम्झनामा नगरपालिकाले स्मृतिद्वार निर्माण गर्ने भएको छ ।

साविक धौलागिरि अञ्चलको पहिलो नगरपालिकाका प्रमुख शर्माको कार्यक्षमता र दूरदर्शीका कारण नगरपालिकामा विकासको खाका तयार भएको भन्दै नगरपालिकाको नगरसभाले स्मृतिद्वार निर्माण गर्न आर्थिक वर्ष ०७५-०७६ मा रु १० लाख बजेट विनियोजन गरिएको छ ।

२०५४ देखि ५९ सालसम्म जननिर्वाचित पहिलो प्रमुख भएर बागलुङवासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको भन्दै उहाँको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका–४ कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गर्ने लागेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

“उहाँले नगरको संस्थागत विकासका लागि अगाडि सारेका योजना निकै दूरदर्शी पाइयो”, प्रमुख पौडेलले भन्नुभयो, “उहाँलाई नगरले सधँै स्मरण गर्न पाइयोस् भन्दै स्मृतिद्वार निर्माण गर्न थालेका हौँ ।”

“बागलुङ नगरपालिकाभित्रको चक्रपथ उहाँकै योजना थियो”, बागलुङ नगरपालिका–४ का वडाध्यक्ष धुव्रबहादुर केसीले भन्नुभयो ।

पूर्वप्रमुख शर्माले नगरभित्रको बस्ती विकास तथा सडक निर्माणको खाका, धौलागिरिकै एक मात्र आंगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पासको विकास, हालको धौलागिरि अञ्चल अस्पतालको सुधारलगायत नगरका धेरै क्षेत्रको विकासमा टेवा पु¥याउनुभएको थियो । पूर्वप्रमुख शर्माको २०७१ माघ १६ गते निधन भएको थियो ।

तत्कालीन कालिका, मूलपानी र लहरेपिपल गाविसलाई समायोजन गरी पहिलोपटक २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गर्न ठूलो भूमिका खेल्नुभएका शर्मा २०५४ सालको स्थानीय निर्वाचनबाट प्रमुख हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com