ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

निर्मला हत्याकाण्ड: अनुसन्धानमा संग्लन सबै प्रहरीमाथि कारवाहीको तयारी


एबीसी न्यूज
मंसिर १७, २०७५ सोमबार  ६ : १४ बजे

काठमाडौँ, १७ मंसिर ।  निर्मला पन्त हत्याकाण्ड विषयलाई लिएर प्रश्न उठिरहेका बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा सहभागी सबै प्रहरीमाथि कारवाहीको तयारी सुरु गरेको छ ।

घटनास्थलदेखि विभिन्न निकायमा रहेर अनुसन्धान प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको तयारी भएको हो ।
यसअघि नै निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट निलम्बनमा परिसकेका छन् ।

यस्तै तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् ।

साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीलाई साउन १० गते नै निर्मला हराएको खबर दिँदा पनि प्रहरीले खोजीमा चासो देखाएको आरोप लागेको थियो । अनुसन्धानमा लापरवाही, घटनास्थलको संरक्षणलगायत विषयमा प्रहरीको कमजोरी रहेको सरकारकै समितिले केलाएपछि प्रहरी प्रधान कार्यालय आफैंले प्रहरीमाथि अनुसन्धान सुरु गरेको थियो ।

आईजीपी सर्वेन्द्र खनालले एआईजी धिरु बस्न्यातको नेतृत्वमा प्रहरीमाथि छानबिन गर्न आन्तरिक समिति गठन गरेका थिए । बस्न्यातको समितिले तत्कालीन समयमा निर्मला हत्याको अनुसन्धानमा जोडिएका सबै प्रहरीलाई काठमाडौं झिकाएको थियो । स्रोतका अनुसार बर्खासीमा परेका र निलम्बनमा परेका प्रहरीबाहेक अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको प्रक्रिया सुरु भएको छ । ‘‘थप १७–१८ जना छन् । उनीहरूको बयान सकिएको छ ।

कसुरको मात्रा हेरेर कस्तो प्रकारको कारवाही गर्ने भन्ने विषयमा गहन छलफल भइरहेको छ । कसैको घटुवा, कसैको ग्रेड रोक्का लगायतका कारबाही सबैलाई हुने सम्भावना छ,’’ स्रोतले भन्यो । समितिले केही दिनमै आईजीपी खनाललाई आन्तरिक प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com