ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घट्दो शेयर बजार : ओरालो लागे बीमा कम्पनीका शेयर


admin

काठमाडौं,१४ मङसिर ।  शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ ।

कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ । बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ ।

बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीका शेयरमा उच्च अङ्कको गिरावट भएको थियो ।

स्टकमा कूल सात जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । बजार ओरालो लागेका कारण बीमा कम्पनीको शेयर प्रभावित भएको छ । केही कम्पनीको शेयरको मूल्य मात्रै रु ५०० माथि रहेका छन् ।

स्टकमा बिहीबार भएको कारोवारका आधारमा लाइफ इन्स्यारेन्स कम्पनीको मात्रै शेयर मूल्य एक हजार ४७५ रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य रु ९१६ छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु ६२७ मा कारोवार भएको छ । एशियन लाइफ इन्स्यारेन्सको रु ४९६ मा कारोवार भएको छ ।

यस्तै गुराँस लाइफ इन्स्योरेन्सको बिहीबार रु ५९८ मूल्यमा कारोवार भएको छ । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीको अवस्था भने कमजोर रहेको छ । बजार ओरालो लाग्दा सो कम्पनीको शेयर मूल्य घटेर रु ४०४ मा कारोवार भएको छ ।

सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको रु ४४७ मूल्यमा खरिद बिक्री भएका छन् । स्टकमा विभिन्न १५ निर्जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । तुलनात्मकरुपमा निर्जीवन बीमा कम्पनीको शेयर बजार ओरोलो लाग्दा प्रभावित भएको छ । निर्जीवन बीमा कम्पनीमध्ये युनाइटेड इन्स्यारेन्स कम्पनीको रु ७०६ मा कारोवार भएको छ ।

गत वर्ष मङ्सिर दोस्रो साता रु एक हजार २६१ का कारोवार भएको सो कम्पनीको शेयर घटेर नयाँ बिन्दुमा आएको हो । निर्जीवन बीमा कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बजार मूल्य घटेको छ । बिहीबार सो कम्पनीको शेयर प्रतिकित्ता रु ५८५ मा कारोवार भएको थियो । गत वर्षको मङ्सिर दोस्रो साता प्रतिकित्ता रु एक हजार ११५ मा कारोवार भएको सो कम्पनीको शेयरमा करीब ५० प्रतिशत घटेको हो ।

गत वर्षको मङ्सिरमा रु एक हजार ७७८ मा बिक्री भएको शिखर इन्स्योरेन्स कम्पनीको शेयर घटेर रु ७९५ मूल्यमा खरिद बिक्री भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर सामान्य अङ्कले मात्रै घटेको छ ।

गत वर्षको मङ्सिरमा रु एक हजार ४५५ मा कारोवार भएको सो कम्पनीको शेयर बिहीबार भने रु एक हजार २५० मा कारोवार भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रतिकित्ता रु नौ हजार १७० मा कारोवार भएको छ । गत वर्षको मङ्सिरमा सो कम्पनीको प्रतिकित्ता रु १५ हजार १९८ मा खरिद बिक्री भएको थियो । बजार ओरालो लाग्दा राष्ट्रिय बीमा कम्पनीको शेयर प्रभावित भएको छ ।

बिहीबारको कारोवारका आधारमा प्रुडेन्डियल इन्स्योरेन्स रु ६१८, प्रिमियर इन्स्यारेन्स रु ९१५, प्रभु इन्स्योरेन्स लिमिटेड रु ४०६, एनएलजी इन्स्यारेन्स रु ७९५, नेपाल इन्स्यारेन्स कम्पनी रु ५०१, नेको इन्स्यारेन्स कम्पनी रु ४५५, लुम्बिनी जनरल इन्स्यारेन्स रु ४६९, आइएमई जनरल इन्स्योरेन्स रु ३७०, हिमालयन जनरल इन्स्यारेन्स रु ३७० र एभरेस्ट इन्स्यारेन्स कम्पनीको शेयर रु ७७५ मूल्यमा खरिद बिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com