ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी


admin
मंसिर १३, २०७५ बिहीबार  ११ : ४५ बजे

बेझाड, १३ मङ्सिर। पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा रु तीन लाख बराबरको भेटी सङ्कलन भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा रु तीन लाख २४ हजार ८०० भेटी सङ्कलन भएको सत्यवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुनवीर गाहामगरले जानकारी दिनुभयो ।

मन्दिरमा सङ्कलन भएको भेटी मन्दिरको भौतिक पूर्वाधार, खानेपानी, बिजुली, मन्दिरसम्म पुग्ने सडक मर्मत तथा विस्तार, मन्दिरका लागि आवश्यक सामग्री खरीदमा खर्च गरिने उहाँले बताउनुभयो । यस वर्ष करीब एक लाख दर्शनार्थीले मेला अवलोकन गरेका थिए ।

पाल्पा, गुल्मी, रुपन्देही, स्याङ्जालगायतका विभिन्न जिल्ला तथा भारतको लखनऊदेखिका दर्शनार्थीले मेला अवलोकन गरेको धु्रवप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । सत्यवती मन्दिरमा रहेकी बज्यै बैरी छन् भन्ने धार्मिक विश्वास रहेकाले यहाँ आउने दर्शनार्थीले चिच्याएर बर माग्ने गर्दछन् । मन्दिर र ताल वरपर परिक्रमा गर्दै चिच्याएर बर मागेमा भाकल पूरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण पूजा गर्न आउने दर्शनार्थीले चिच्याएर बर माग्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

आज ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सम्बन्धित

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

सुकुम्बासी बस्तीमा ‘बालेन मोडल’को डोजर: ३५ सय परिवारको उठिवास, २४ घण्टे उर्दीमा राज्यको निर्मम प्रहार !

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com