ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी छोटी भंसारमा राजस्व असूलीमा कमी


admin
मंसिर १२, २०७५ बुधबार  ४ : ४१ बजे

लुम्बिनी १२ मङ्सिर । राज्यले आर्थिक सम्बृद्धिको अभियानमा जुटिरहेको बेलामा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ कालीदह नाका स्थित लुम्बिनी छोटी भंसार कार्यालय द्वारा राजस्व असूलीमा कमी भएको छ ।

सो कार्यालयले सार्बजनिक गरेको तथ्याँक अनुसार गत आर्थिक बर्ष २०७३ ०७४को कार्तिकमा सात लाख एक हजार दुईसय ५३ रुपैया संकलन गरेकोमा यस आर्थिक २०७४ ०७५ बर्षको कार्तिक महिना भरिमा ६ लाख ७६ हजार एकसय ३४ रुपैया मात्र राजस्व संकलन गर्न सफल भए पछि राजस्व असूलीमा कमी भएको हो ।

यसै गरि गत आर्थिक बर्ष कार्तिकमा सो कार्यालयले मुल्य अभिबृद्धि शुल्क शीर्षकमा ८१ हजार ६ सय ७७ रुपैयाँ, भंसार पैठारी दस्तूर शीर्षकमा ६ लाख १८ हजार पाँचसय ९४ रुपैया, कृषि सुधार शुल्क वापत चार सय ८२ रुपैया,तथा भंसार सेवा शुल्क शीर्षकमा पाँचसय गरि कुल सात लाख ,एक हजार दुईसय ५३ रुपैया राजस्व संकलन गर्न सफल भए थियो ।

सो कार्यालयले यस आर्थिक बर्ष कार्तिकमा भंसारपैठारी सेवा दस्तूर वापत पाँच लाख ९३ ह्जार एक सय ४७ रुपैया, कृषिसेवा शुल्क वापत एकहजार चारसय ८४ रुपैया, भंसारसेवा दस्तूर वापत पाँचसय रुपैया, मुल्य अभिबृद्धि कर शीर्षकमा ९९ हजार दुईसय ४२ रुपैया तथा आयकर शीर्षकमा एक हजार पाँचसय १९ रुपैया गरि कुल ६ लाख ९६ हजार एकसय ३४ रुपैया मात्र राजस्व उठाए पछि राजस्व असूलीमा कमी आएको भंसार प्रमुख खवासले जनाए ।

भंसार नाकामा सशस्त्रप्रहरी बेस क्याम्प कालीदह, प्रहरीचौकी कालीदह,प्रहरीचौकी शुक्ररौली उपस्थितीका बावजूद सीसीडी क्यामराको निगरानी हुदाहुदै पनि राजस्व असूलीमा कमी आउनुको प्रत्यक्ष प्रमाण नभेटिए पनि ओडवलिया,अजमानिपनिया चोर बाटोबाट राजस्व चुहावट,सीमावर्ती क्षेत्रमा खटाइएका जिम्मेवार सुरक्षाकर्मी द्वारा लाईन फितलो अनुगमन तथा चेकजाँचमा ढिलासुस्ती, र ब्यापारी भंसारकर्मचारीको मिलामातोमा कम प्रज्ञापनपत्र भरि बढि समान भित्रयाउने प्रचलनका कारण राजस्व असूलीमा कमी आएको हुन सक्ने आर्थिक मामला सम्बन्धी जानकारहरुको भनाई छ ।

त्यतिमात्र नभई द्वन्दकाल देखि शिबलवा,दोहनी,ताडानगर,दुर्गवलिया, मंझरिया, र कदमहवा छोटी भंसार कार्यालयहरु अझै सुचारु हुन नसक्दा नेपालपक्षले दिनहु भारी मात्रामा घाटा ब्योहोर्नु परिरहेको स्थानीय प्रत्यक्षदर्शिहरुले बताएका छन ।

भारतीय नाका ककरहवामार्फत भारतले लुम्बिनी सम्म भारतीय पर्यटक बोकेको चारपाँग्रे सवारीसाधन छूट गरेकोमा नेपाल सरकारले पनि कालीदह नाकामा ईमिग्रेशन कार्यालय समेत राखे पछि यस क्षेत्रको आर्थिक उन्नति हुने लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. १३ का वडा अध्यक्षमन्जूरअलिले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com