
काठमाडौँ, १० मङसिर । निकै चर्चामा रहेके ३३ केजी सुन प्रकरणको पहिलो चरणको अनुसन्धान अनुसन्धानमै सकिएको छ । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान समेत लियो तर उपलब्धी भने शुन्य नै हात पारेको छ । अनुसन्धानमा ३३ केजी सुन सानु बम र सनम शाक्यबाट नै हराएको देखिएको छ ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, सञ्जय राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का सहित २८ जनलाई पक्राउ गरी कारबाही अगाडि बढाएको थियो । घटना संलग्नता देखिएका एसएसपी श्याम खत्री भने फरार रहेका छन् । एसएसपी खत्री २०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३४ केजी सुन प्रकरणमा पक्राउ परेका थिए ।

पछि उनले सफाई पाएका थिए । विमानस्थलका कर्मचारी र प्रहरीको मिलोमतोमा नै ३३ किलो सुन बाहिएको अनुसन्धानमा खुलेको छ । तर ३३ केजी सुन गोरे पक्राउसंगै सेलाएको छ । तर मुख्य अभियुक्तहरु भनिनेहरु पक्राउ नपरेको अवस्थामा देशको शान्ति सुरक्षाको जिम्मा समालेका नेपाल प्रहरीका चिफ भने उनै फरार अभियुक्तहरुसंग उठवस गरेका छन् । २०४६ सालमा इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका सर्वेन्द्र खनाललाई चैत्र २७ गते, २०७४ मा सरकारले आइजीपीमा नियुक्त भए उनको नियुक्तिसंगै देशमा शान्ति सुरक्षा बलियो होला भन्ने अडकले धेरैको थियो सायद उनलाई बढुवामा सिफारीस गर्नेहरुको आशा पनि त्यो रहेको थियो तर एका एक उनलेले देशको कमाण्ड समालि रहेको समयमा ३३ केजी सुन काण्डदेखि कञ्चनपुरकी निर्मला पन्त सम्मका घटनामा दिन दिनै नेपाल प्रहरी चुकेको छ । के साँचि नेपाल प्रहरीमा अनुसन्धान गने क्षमता नभए र हो या कमाण्डलाई नै दवाव हो । असक्षमको विल्ला लाग्दै गर्दा नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले सुन व्यापारमा विवादास्पद व्यक्तिसँग विदेशमा भेटेका छन् । उनको त्यो भेटलाई आम नेपाली जनताले शंकाको दृष्टि हेरेका छन् ।
अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा युनाइटेड अरब इमिरेट्सको दुबईमा मंसिर २ देखि ५ गतेसम्म सञ्चालन भएको इन्टरपोलको ८७ औं महासभामा सहभागी हुन दुबई पुगेका आइजीपी खनालले सुन तस्करीमा मुछिएका ठाकुर ढुंगाना र विवादास्पद व्यापारी दीपक मल्होत्रासँग र बाजेका सेकुवाका संचालक चेतन भण्डारीलाई भेटनुका साथै रात्रिभोजमा ‘रमाइलो’ गरेको कुरा खुलेसँगै उनी विवादमा तानिएका छन् ।
सुन तस्करीको अनुसन्धान गरिरहेको सरकारी टोलीलाई झुक्याएर भागेका धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई दुबई बस्दै आएका ठाकुरप्रसाद ढुंगाना प्रहरी महानिरीक्षक खनाल र वरिष्ठ प्रहरी अधिकारीसँगै एउटै मञ्चमा देखिनुले पनि उनको खनालको भुमिका माथि शंका पैदा गरेको छ । सुन तस्कर ढुंगाना, प्रहरी महानिरीक्षक खनाल, प्रहरीन नायब महानिरीक्षक निरजबहादुर शाही, प्रहरी वरिष्ठ उपरीक्षक देउती गुरुङ र प्रहरी उपरीक्षक उमेशराज जोशी एउटै मञ्चमा देखिएका छन् ।
काठमाडौंमा कान्तिपुर होलिडे र एवल टुर्स एण्ड ट्राभल्सका संचालक रहेका ढुंगाना सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको भेटिएपछि गृह सहसचिव ईश्वरराज पौडेलको नेतृत्वको छानबिन समितिले बयानका लागि बोलाएको थियो । समितिमा हाजिर भएका ढुंगाना बयान लिएर तारेखमा छुटेकै बेला असारदेखि सम्पकविहीन भएका थिए । उनी सम्पकविहीन भएपछि उनको सुन तस्करीमा संलग्नता पुष्टि भएको थियो । विमानस्थल र सीमामा कडा निगरानी राखे पनि उनी भाग्न सफल भएका थिए ।
अनुसन्धानमा दुबईमा ग्रीनलाइन ट्राभल्स एण्ड टुर्सका समेत सञ्चालक रहेका ढुंगानाको तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका साझेदार हुन् । सुन अनुसन्धान टोलीले ढुंगाना संचालक रहेको लाजिम्पाटस्थित एवल टुर्स एण्ड ट्राभल्स र कान्तिपुर होलिडेमा छापा मारी शिलबन्दी गरी मुद्दा मोरङ जिल्ला अदालतमा बुझाएको थियो । अदालतले १० लाख धरौटीमा छाडेका ढुंगानाको उच्च अदालत बिराटनगरमा मुद्दा विचाराधीन छ ।
यसरी विचारधीन मुद्धाका अभियूक्तहरुलाई नेपाल प्रहरीका चिफले नै यसरी उठवस गर्नुले पक्कै पनि उनको भुमिकामा शंका गर्ने ठाउदेखिन्छ । सुन तस्करीका आरोपी ढुंगाना र आइजिपी गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, युएई च्याप्टरको कार्यक्रममा सँगै बसेका थिए । ३८ क्विन्टल सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ढुंगानाले केही महिनाअघि उच्च अदालत विराटनगरमा आत्मसमर्पण गरेका थिए । राजनीतिक पहुँचमा बलियो भएका ढुंगाना पछि १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
इन्टरपोलको सम्मेलनपछि मात्र एनआरएनएमार्फत दुबईस्थित नेपाली दूतावाससँग आइजीपी खनालले समन्वय गरेका थिए । एनआरएनएको वार्षिक साधारणसभा कार्यक्रममा भाग लिएका आइजिपी खनाल कार्यक्रममा एनआरएनएका आइसिसी सदस्यसमेत रहेका सुन तस्करीमा मुछिएका ढुंगानासँगै थिए ।
महासभामा सहभागी हुन गएको प्रहरी टोली गैर आवासीय नेपालीको कार्यक्रममा पूर्व योजनाअनुसारै सहभागी भएको थियो । एनआरएनएको कार्यक्रममा महानिरीक्षक खनाललाई विशेष अतिथी बनाइएको थियो । दुबईस्थित स्रोतका अनुसार इन्टरपोलले रेड कर्नर नोटिसमा राखेका बाजेको सेकुवाका संचालक चेतन भण्डारीसँग समेत महानिरीक्षक खनालले भेटघाट गरेका छन् । अमेरिकाबाट भागेर लुक्दै बसेका भण्डारी केही समयअघि दुबई बस्दै आएका छन् ।
यसअघि दुबईमा एनआरएनको पनि अर्को एक जमघट भएको थियो, जहाँ सुन तस्करीमा मुछिएका अर्का व्यक्तिहरु नै अगुवा भएको स्रोतले जानकारी दियो । शनिबार आइजिपी खनाल स्वदेश फर्किएका छन् ।
प्रतिवेदन अलपत्र
अघिल्लोपटक सीआईबीले समातेको साढे ३३ किलो सुनकाण्डका अभियुक्त र यो प्रकरणका अभियुक्त अधिकांश एउटै भएकाले पनि सीआईबीलाई थप अनुसन्धानको जिम्मेवारी दिनुपर्ने अधिकारीहरुको सुझाव थियो । तस्करीको ¥याकेटमाथि नै अनुसन्धान गर्न भने विशेष टास्क फोर्स नै बनाइनुपर्ने सुझाव दिइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको चार महिना पुगिसक्दा पनि थप अनुसन्धानको जिम्मेवारी प्रहरीको कुनै निकायले पाएको छैन ।
पोद्दार डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्टका मालिक हुन् । प्रधानमन्त्री चीन भ्रमणमा गएका वेला समितिले पोद्दारलाई पक्राउ गरेको थियो ।
समितिसमक्ष वयानका क्रममा पोद्दारले आफ्ना साझेदार व्यवसायी दीपक मल्होत्रा, केही पूर्वमन्त्री र अवकाशप्राप्त प्रहरी अधिकारीहरुको नाम लिएका थिए । प्रधानमन्त्री ओलीले समितिलाई अनुसन्धान छिटो निष्कर्षमा पु¥याउन दबाव दिएका थिए । छानविन समितिले प्रतिवेदन बुझाउँदा २९३ जनालाई शंकास्पदको सूचीमा राखेको थियो ।







प्रतिक्रिया दिनुहोस्