सप्तरी, ७ मंसिर, । हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी घाइते भएका छन् ।
बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो ।
दुर्घटनामा परी बेचनीदेवी यादव, भुटनीदेवी यादव, सिक्किलदेवी साह, दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको छ । घाइते भएका मध्ये
११ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको छ भने बाँकीको सगरमाथा अस्पतालमा उपचार भइरहेको छ । अधिकांशको अवस्था गम्भिर रहेको छ
।







प्रतिक्रिया दिनुहोस्