
वीरगन्ज,७ मङसिर । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा लक्ष्य भन्दा करिव ३ अर्व रुपैया बढी भन्सार राजश्व संक्लन गर्न सफल भएको छ ।
भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७५-२०७६ को श्रावण देखी कार्तिक सम्म चार महिनामा लक्ष्य भन्दा २ अर्व ९९ करोड ६५ लाख ५३ हजार रुपैया भन्सार राजश्व असुली गर्न सफल भएको हो ।
भन्सार विभागले चालु आर्थिक बर्षको श्रावण देखी कार्तिक सम्मको चार महिनामा ५१ अर्व ४८ करोड १७ लाख ५३ हजार राजश्व संक्लन गर्न बीरगंज भन्सार कार्यालयलाई लक्ष्य दिएकोमा ५४ अर्व ४७ करोड ८३ लाख ६ हजार रुपैया राजश्व संक्लन गरेको भन्सार कार्यालयका प्रवक्ता मनिष कुमार महतोले जानकारी दिए ।
भन्सार विभागले चालु आर्थिक बर्षको श्रावण देखी कार्तिक सम्मको चार महिनामा दिएको लक्ष्य भन्दा ५ प्वाईट ८२ प्रतिशत बढी राजश्व असुली गरेको हो ।
वीरगंज भन्सार कार्यालयले तिन वटा शिर्षक भन्सार कर, अन्त शुल्क कर र मुल्य अभिबृद्धी मध्ये सम्भन्दा बढी मुल्य अभिबुद्धिकरबाट बढी राजश्व संक्लन गरेको छ ।
भन्सार कार्यालयले सब भन्दा बढी भन्सार राजश्व असुली गरेको माल बस्तुहरुमा सानो तथा ठूला सवारी साधनहरु, प्रट्रोलियम पदार्थबाट र ईण्ड्रष्टिजका मेटिरियलहरुमा क्लिङकर फलामहरु जस्ता सामानहरुमा सव भन्दा राजश्व संक्लन गर्न सफल भएको भन्सारका प्रवक्ता महतोले बताएकाछन । चालु आर्थिक बर्षको चार महिनामा गत बर्ष भन्दा निर्यातमा ३० प्रतिशत कमी आएको महतोले बताए ।








प्रतिक्रिया दिनुहोस्