डडेल्धुरा, ६ मंसिर । डडेल्धुराबाट डोटी जाँदै गरेको स्कूल बस दुर्घटना दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । डा.केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ च २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।
डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको बुझिएको छ । बिहीवार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ। मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको बुभिएको छ । बसमा करिब ३० जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको जनाइएको छ ।







प्रतिक्रिया दिनुहोस्