ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामको गति बढाउन मन्त्रालयहरुलाई प्रधानमन्त्री ओलीले दिए यस्ताे निर्देशन


एबीसी न्यूज
मंसिर ६, २०७५ बिहीबार  ३ : ३० बजे


काठमाडौं, ६ मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादनको गति बढाउन मन्त्रालयहरुलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले कार्य सम्पादन गर्दा आदेश तामेलीको भर नपर्न पनि मन्त्रालयका मन्त्री र सचिवहरुलाई सचेत गराउनुभयो । बिहीबार सिंहदरबारमा ‘शिक्षा, विज्ञान तथा प्रविधि’, ‘युवा तथा खेलकुद’, ‘संस्कृति, पर्यटन तथा नागरिक उडड्यन’, खानेपानी, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा’, ‘भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण’ र वन तथा वातावरण मन्त्रालयको कार्य प्रगति विवरण सुनेपछि आदेश तामेली नभई विधिमा भर परेर कार्य सम्पादनको गति बढाउन सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको हो ।

आदेश तामेलीमा भर नपरी विधिसम्मत ढंगले कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्रीले मन्त्रालयहरुलाई निर्देशन दिनु भएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस अवसर प्रधानमन्त्री ओलीले लक्ष्यअनुसार कार्य सम्पादन नगरेका मन्त्रालयहरुलाई दोस्रो चौमासिक समीक्षा बैठकमा उल्लेख्य कार्य प्रगति गर्न पनि आग्रह गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले अन्तरमन्त्रालय समन्वयमा जोड दिन तथा संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयलाई अझै सशक्त बनाएर विकास निर्माणको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनु भएको थियो । प्रधानमन्त्रीले सरकार एक्लैले अघि बढाउन नसक्ने कतिपय विकास आयोजनाको कामलाई निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराउनु भएको पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुधबारबाट मन्त्रालयहरुको कार्य प्रगति विवरणको समीक्षा गर्न सुरु गर्नु भएको हो । उहाँले बाँकी मन्त्रालयको कार्य प्रगति विवरणको समीक्षा आइतबार गर्ने योजना बनाउनु भएको छ । बिहीबारको समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगति विवरण निराशाजनक भने नरहेको टिप्पणी गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com