काठमाडौँ, ६ कातिक। चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलोपटक ८ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ ।
सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौं उपत्यकाबाहिर सहजरुपमा ओहोर–दोहोर गर्न सकिन्छ । कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केही ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ ।
कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अन्डर पास’को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिसमार्गको काम अघि तीव्रगतिमा काम भइरहेकाले केही समयमा नै सडक निर्माण कार्य सम्पन्न हुने आशा गरिएको छ ।
यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् ।

फाेटाे – ध्रुव अधिकारी / काठमाडाैं







प्रतिक्रिया दिनुहोस्