ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सडकसंञ्जालमा जोडियो बिकट डोल्पा, रक्षामन्त्रीले गरे औपचारिक उद्घाटन


एबीसी न्यूज


डोल्पा ४ मंसिर ।  बिकट हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडकसंञ्जालमा जोडिएको छ । संघिय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार जाजरकोट डोल्पा सडकको औपचारिक उद्घाटन गरेका छन । जाजरकोटको पासगाड त्रिपुराकोटसम्मको १ सय ३ दशमलब ४ किलोमीटर सडकको कच्ची ट्रयाक खुलाइसँगै सडकको उद्घाटन भएको हो ।

सडकको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले सडक उद्घाटनसंंगै डोल्पा आर्थिक सम्बृद्धि तर्फ लम्कने बताए । सधै आर्थिक बिपन्नता र बिकटताको उपमा पाइरहेको कर्णाली भेरीकरिडोर नाम दिइएको जाजरकोट डोल्पा सडकले औचारिकता पाएसँगै बिकट र गरिवीबाट अबका दिनबाट छुटकरा पाउने समेत रक्षामन्त्री पोखरेलको भनाई थियो ।

सुँपानी–दुनैखण्डको १४ दशमलब ३ किलोमीटर सडकखण्डको कच्ची ट्रयाक तत्कालिन जिल्ला बिकास समीतिद्धारा यस अघिनै खुलाई बोलेरो जीप संञ्चालन भईरहेकाले उक्त खण्डको स्तरउन्नतीको जिम्मेवारी सेनालाईनै दिने बताउँदै सेना बिचैमा निर्माणकार्य छाडेर भाग्छकी भन्ने कुरामा भ्रममा नपर्न समेत मन्त्री डोल्पालीलाई आग्रह गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बिकट र गरिबको परिचय बोकेर बसेको कर्णाली प्रदेशलाई सडकले सम्पन्नताको परिचय बदल्नमा सहयोगर्ने बताए ।

गरिबी र बिकटताको परिचयमात्रै नबोकेर कर्णाली प्रदेशले आर्थिक सम्बृद्धीकोलागि प्रचुर सम्भाबना बोकेको समेत मन्त्री शाहीले बताए ।
सेनाले सरकारले दिएको जिम्मेवारी इमान्दारी पुर्वक भनेकै समयमा पुरा गर्नुकासाथै राज्यको बिकासकालागि सदैब लागि परिरहेको बताउँदै थप जिम्मेवारी दिएकोखण्डमा जिम्मेवारी पुरागर्न नेपाली सेना प्रतिबद्ध रहेको प्रधानसेनापती पुर्णचन्द्र थापाले बताए ।

१४ बर्षे कठिन सडक निर्माणयात्रामा अहोरात्र खटिएर जाजरकोट–डोल्पा सडक निर्माणकार्यमा सफल भएको भन्दै रक्षा मन्त्री पोखरेलद्धारा कदर पत्र र दोसल्ला ओडाएर निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीलाई सम्मान गरिएको थियो ।त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोटसम्म पहिलो चरणको कच्ची ट्रयाक खुलाउने काम सम्पन्नभएसँगै डोल्पा पुर्णरुपमा सडकसंञ्जालमा जोडिएको छ ।

सडक उद्घाटन कार्यक्रममा सहभागीहुन मंगलबार मन्त्री ईश्वर पोखरेल सहितको टोली सेनाको हेलिकोप्टरबाट डोल्पा पुगेको हो ।
खदाङदेखी छलगाडसम्म जीप,ट्रयाक्टर र मोटरसाइकल पु¥याइएपछि स्थानीयले बाजागाजा सहित गाडी लगाएत अतिथीहरुलाईभव्य स्वागत गरेका छन् । जाजरकोटको पासगाड देखि निर्माण थालनी गरि सम्पन्न भएको उक्त सडकको कुल लम्बाई करिब १ सय १८ किलोमीटर छ ।ट्रयाक खुलाइएपछि खदाङ–त्रिपुराकोटखण्डमा जीप,टयाक्टर लगाएतका यातायातका साधन संञ्चालनमा आएकाछन् ।
१३ पुल आवाश्यक

डोल्पाको त्रिपुराकोटको छलगाडसम्म ट्रयाक खुलाउने कार्यसम्पन्न भई औपचारिक उद्घाटन गरिएपनि दुनैसम्म सिधा यातायात संञ्चालनमा ल्याउनकालागि जाजरकोट डोल्पा सडकखण्डका बिभिन्न स्थानमा १३ वटा मोटरेवल पुल निर्माण गर्नुपर्ने छ ।
भेरी नदीमा आवाश्यक पाँचवटा पक्की पुल मध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेकाले तल्लु,हरियापानी र सुँपानीमा तीनवटा पुल निर्माणगर्न बाँकी छ ।

त्यस्तै सडकका बिच–बिचमा रहेका स–साना खोलाहरुमा दश ठाँउमा पुल निर्माणगर्न आश्यक रहेको सेनाले जनाएको छ ।
पहिलो चरणको ट्रयाक खुलाउने काम सेनाले सम्पन्न गरेपनि दोस्रो चरमा सडकमा लाग्ने साना ठुला पुलहरु निर्माण गरेर डोल्पासम्म सिधा यातायात संञ्चालनगर्न समेत सरकारलाई डोल्पालीले माग गरे । साथै सडक उद्घाटन कार्यक्रमको अवसरमा त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओम बहादुर बुढाद्धारा प्रस्तुत मागपत्रमा समेत यथाशिघ्र पुल निर्माण र सडक कालोपत्रेकालागि सरकारलाई अनुरोध गरिएको छ ।

पहिलो चरणको ट्रयाक खुलाउने काम सेनाले गरिसकेकाले दोस्रो चरणको सडक स्तरउन्नतीगर्नेकाम सडक बिभागले गर्ने र सो कोलागि सरकारले सहयोगर्ने कार्यक्रमका उपस्थित अतिथीले बताए ।सरकारले २०६५ सालबाटनै सडक निर्माणकार्य सुरुवातगर्ने भनेतापनि रेखाङ्कन बिवादका कारण दुईबर्ष निर्माणकार्य अवरुद्ध भएको थियो ।

तत्कालीन असहज परिस्थिति,चट्टानी भु–बनोट र भौगोलिक बिकटका कारण सृजित चुनौतिलाई पाखा लगाउँदै १४ बर्षको अहोरात्र खटाइले आज सडक पु¥याउन सफल भएको र डोल्पालीको सडक सपना साकार पारेको सडक निर्माण कार्यदल प्रमुख बिश्वबन्धु पहाडीले बताए ।
छिन्चु जाजरकोट हुँदै डोल्पासम्म सडक ल्याउन १४ बर्ष लागेको पहाडीले बताए ।

२०६६ सालमा राष्ट्रिय योजना आयोगद्धारा पुन रेखाङ्कन भए पश्चात २०६७ सालदेखि जाजरकोटको पासगाडलाई जिरो पोईन्ट मानेर सडक निर्माणकार्यलाई तीब्रता दिइएको थियो ।

रक्षामन्त्री ईश्वर पोखरेलसँगै,प्रधानसेनापति पुर्णचन्द्र थापा,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल,भौतिक पुर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी,सडक बिभागका महानिर्देशक रबीन्द्रनाथ श्रेष्ठ,रक्षा सचिव बिष्णुप्रसाद लम्साल,अर्थ मन्त्रालयका सह सचिव निर्मलहरी अधिकारी,रक्षा मन्त्रालयका सह सचिव बाबुराम गौतम,रक्षा मन्त्रालयका उप सचिव धुब्र प्रसाद थपलिया,बिकास निर्माण निर्देशनालयका निर्देशक रामधर सिँह,संजय केसी लगाएतको टोली डोल्पा पुगेको थियो ।कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितीका प्रमुख शेरबहादुर बुढाले गरेका थिए ।

सडकको पाँच पटक उद्घाटन

जाजरकोट–डोल्पा सडकखण्डको पटक–पटक गरेर पाँचपटक उद्घाटन गरिएको छ । पहिलो उद्घाटन जाजरकोटको तल्लुबगरमा गरिएको थियो ।२०७० फागुनमा माननीय शक्ति बस्नेतद्धारा सडकको समुद्घाटन गरिएको थियो ।

पासगाड देखि तल्लुबगरसम्मको ५८ किलोमीटर निर्माण गरेर यातायात संञ्चालनमा ल्याइएको थियो । तल्लुबगरसम्म यातायात संञ्चालनमा गरिेसँँगै रुकुम,जाजरकोट र डोल्पाका सर्वसाधारणलाई दैनिक उपभोग्य सामाग्री ढुवानी तथा जिल्ला बाहिर आवत जावतगर्न समेत सहज भएको थियो ।

अर्को उद्घाटन २०७२ सालमा गोतामकोट देखि रुकुमको मन्काबगरसम्म सडक निर्माण गरेर उद्घाटन गरिएको थियो ।
माननिय जनार्दन शर्माद्धारा सडकको उद्घाटन गराइएको थियो । त्यस्तै २०७३ साल साउनमा डोल्पाको त्रिवेणी बजारसम्मको ७८ किलोमीटर सडक निर्माण गरेर पहिलो पटक सिमाना प्रवेश गरिएको थियो ।

त्रिबेणी बजारसम्म सडक निर्माण गरेसँगै डोल्पा पहिलो पटक राष्ट्रिय सडक संञ्जालमा जोडिएको थियो ।पुर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीद्धारा सडकको उद्घाटन गरिएको थियो । अर्को उद्घाटन २०७४ सालमा त्रिबेणी बजार देखि खदाङसम्मको १३ किलोमीटर सडक निर्माण गरेर पुर्वमन्त्री सत्य पहाडीद्धारा गरिएको थियो ।

त्रिपुरा सुन्दरी ५ मा पर्ने खदाङसम्म गाडी संञ्चालनमा आएपछि यातायातको सहज पँहुच बिस्तारसँगै दैनिक उपभोग्य सामाग्रीको ढुवानीकालागि खच्चड प्रतिको निर्भरता घटेको छ । अर्को उद्घाटन खदाङ् देखि त्रिपुराकोटसम्म मंललबार गरिएको छ ।मन्त्री ईश्वर पाखरेलले उद्घाटन गरेका छन् ।
सेनालाई धन्यबाद
त्रिपुरा सुन्दरी नगरपालिका १ रबी प्रसाद न्यौपानेले घरआँगनमै गाडी गुड्ला भन्ने सोचेका थिएनन् ।उमेरले ८० काटीसकेका उनी आजभन्दा चारदशक अगाडी पन्ध्र दिनसम्म पैदल हिँडेर नेपालगंञ्ज सुर्खेत लगाएतका हाटबजार पुगेको बताए।

“चरा टेक्न सक्ने बाटो थिएन्,अप्ठेरो बाटोका कारण घर छाडेर हाट जाँने तयारीगर्दा घरमा रुवाबासीनै हुन्थ्यो,उतीखेर नुन,कपडा लगाएतका बस्तु किन्न हाटबजार पुगेको हटारु आँउछ कि आँउदैन पत्तो हुदैन थियो” न्यौपानेले भने ।
“अब घरआँगनमै गाडी गुड्न थालेको छ,दुई दिनमै नेपालगंञ्ज,सुर्खेत लगाएतका शहरमा पुग्न सकिन्छ,औषधी उपचारसँगै खाद्यान्न ढुवानीमा समेत सहज भएको उनले बताए ।”

बिकासको मुख्य कडी भनेको सडक भएकाले डोल्पासम्म सडक जोडिएपछि खुशीको सिमा नभएको डोल्पालीले बताए ।
सेनाले ट्रयाक खोलेपनि सिधा यातायात संञ्चालनकालागि पुल निर्माणसँगै कालोपत्रेकालागि सरकारसँग माग समेत गरेकाछन् ।
अब नुन,तेल,चामल लगाएतका दैनिक उपभोग्यबस्तुको मुल्य घट्नुकासाथै संरचनागत बिकासगर्न समेत सघाउ पुग्ने स्थानीय बिष्णु न्यौपानेले बताए ।

बजार नपाएर घरमै कुहीँदै आएको अर्गानिक स्याउ,ओखर लगाएतका फलफुलले समेत बजार पाउने र आयस्तरमा समेत बृद्धिहुने अपेक्षाउनको छ ।
यो जुनीमै मोटर कुद्ने सपना नदेखेका डोल्पालीले सडक जोडिएर मोटर कुदेपछी सेनालाई हार्दिक आभार समेत प्रकट गरेका छन् ।
रणनैतिक सडक

जाजरकोट–डोल्पा सडकलाई रणनैतिक महत्व बोकेको सडको रुपमा समेत हेरिएको छ । जिल्ला अन्तर सडकमात्र नभई दक्षिण उत्तरी नाकाको रुपमा चीन,नेपाल र भारत जोड्ने त्रिदेशीय ब्यापारीक सडकको रुपमा बिकास गरिने सरकारको लक्ष्य छ ।

उपल्लो डोल्पामा रहेका मोरिम्ला नाका खुलेपछि यस सडका महत्व थप चुलिने संघिय तथा प्रदेश सरकारको अपेक्षा छ । मंसिर १ गतेमात्रै भौतिक पुर्वाधारमन्त्री रघुबीर महासेठको टोलीले मोरिम्ला नाकाको स्थलगत निरीक्षण गरेको थियो । दुनै–मोरिम्ला सडकको १ सय २० किलोमीटर सडकमध्ये ९० किलोमीटर सडकखण्डको कच्ची ट्रयाक खुलाइसकिएको छ ।

टोलीले धो–लैनीखण्डको बाँकी ३० किलोमीटर सडक निर्माणकालागि आवाश्यक बजेट तर्जुमागर्ने आश्वासन दिएको थियो ।सडक निर्माणपछि उत्तर–दक्षिण जोड्ने नेपालकै छोटो लोकमार्ग बन्नेछ । बाँकी सडक निर्माणभएसँगै मोरिम्ला,दुनैहुँदै जमुनाहसम्म(नेपाल–भारत सिमाना) सडक बिस्तारहुने छ ।रामचन्द्र न्यौपाने

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com