ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ए’ डिभिजन लिग : दुई ललितपुर क्लबबीच भीडन्त


admin
मंसिर २, २०७५ आईतबार   ११ : १६   बजे

काठमाडौं,२ कात्तिक । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

खेल हुनुअघि आज बिहान आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा पुलिसका प्रशिक्षक अनन्तराज थापाले मच्छिन्द्र क्लबलाई सामान्यरूपमा नलिने बताउनुभयो । “हामीले भखरै नवलपरासीमा राइनो कप खेलेर आएका छौँ, उक्त प्रतियोगितामा आफ्नो कमी कमजोरी थाहा भयो, त्यसलाई सुधार गर्दै अघि बढ्छौँ ।”

मछिच्न्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले दशै तिहारपछि मात्रै अभ्यास शुरु गरेकाले सोचेअनुसारको तयारी हुन नपाएको बताउनुभयो ।

त्यसैगरी आजै हुने दोस्रो खेलमा ब्रिगेडब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै क्लब ललिपुरका हुन् । पहिलो खेलमा थ्रीस्टारले फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेटब्वाइजले मनाङसँग पराजय व्यहोरेको थियो ।

थ्रीस्टारका लागि आज निकै खुशीको कुरा छ । क्लबका मिडफिल्डर विक्रम लामा आजको खेलबाट मैदान फर्कंदैछन् । चोटका कारण करीब आठ महीना मैदान बाहिर रहेका विक्रम सफल उपचार प्रक्रिया पूरा गरेर मैदान फर्कन लागेका हुन् ।

लिग चरणको दोस्रो खेलमा राष्ट्रिय टिमका खेलाडीले भरिएको थ्रीस्टारलाई उमेर समूहका खेलाडी आबद्व ब्रिगेटले चुनौती दिने ब्रिगेडब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले जानकारी दिनुभयो ।

थ्रीस्टारमा राष्ट्रिय टोलीबाट पूर्वकप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का र सुनिल बललगायतका खेलाडी समावेश छन् । थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले तिहारलगत्तै तयारीमा जुटेकाले राम्रो प्रदर्शन गर्ने बताउनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुनलागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group