ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी


admin

एजेन्सी , २८ कात्तिक । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ ।

एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । विश्वका ठूला बजारमा यी फोनको मागमा कमी आएको छ ।

स्मार्टफोनको प्रयोगलाई जीवन्त राख्न चाँडै प्रयोगमा आउन लागेको पाँचौं पुस्ताको तारविहीन नेटवर्क अर्थात् फाइभजीले सहयोग गर्ने अनुमान गरिएको छ । तर कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई अरु कुनै बिल्कुलै भिन्न उपकरणले बिस्थापित गर्ने सम्भावना औंल्याएका छन् ।

फ्युचर टुडे इन्स्टिच्यूटका संस्थापक आमी वेबले प्रविधिको बदलिँदो झुकावसम्बन्धी वार्षिक प्रतिवेदनमा सन् २०१८ ले परम्परागत स्मार्टफोनको अन्त्यको सुरुआत गर्ने उल्लेख गर्नुभएको छ । उहाँले अबको युगमा यी उपकरणहरु आवाज, सङ्केत र सम्पर्ककै माध्यमबाट चल्नेछन् ।

“स्मार्टफोनबाट स्मार्ट वेयरेबल्स (लगाउनयोग्य वस्तु) र अदृश्य इन्टरफेसतर्फको रुपान्तरणले भौतिक संसारमा आज हामीले अनुभूत गरिरहेका कुराहरुमा आमूल परिवर्तन ल्याउनेछ । जस्तै, कानमा राखेर सुन्ने वस्तुमा बायोमेट्रिक सेन्सर र स्पिकर रहनेछ, औंठी र ब्रासलेटले चाललाई थाहा पाउनेछ, स्मार्ट ग्लासले सूचनाहरु रेकर्ड गर्ने र देखाउनेछ,” वेबले लेख्नुभएको छ ।

बजारमा केही रोकावट आए पनि अरु कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई तत्कालै विस्थापन गर्न नसकिने बताएका छन् ।

“स्मार्टफोनको प्रयोग रोकिन्न, तर यसको आकार र रुपमा परिवर्तन हुन सक्दछ,” एबीआई रिसर्चसँग आबद्ध विश्लेषक डेभिड म्याकक्वीनले बताउनुभयो । “स्मार्टफोनको बजार अझै केही वर्ष यथावत रहनेछ ।”

म्याकक्वीनले हालै प्रकाशित एक रिपोर्टमा कमभन्दा कम छोएर चलाउन मिल्ने स्मार्टफोनको माग बढ्दै गएको बताउनुभएको छ । उहाँले यस्ता स्मार्टफोनमा कृत्रिम प्रज्ञा (आर्टिफिसियल इन्टेलिजेन्स) तथा सङ्केतबाटै चल्ने सुविधाको खोजी भइरहेको छ । नयाँ स्मार्टफोनमा सुधारिएको बायोमेट्रिक राख्नेतर्फ ध्यान जान थालेको छ, जस्तै अनुहार चिन्ने । साथै मोबाइलका स्क्रिनलाई पट्याउन मिल्ने अर्थात् फोल्ड गर्न मिल्ने बनाउने प्रयत्न भएका छन् ।

एबीआईको अनुसन्धानमा भनिएको छ, गूगल र अमेजनले आगामी पाँच–छ वर्षको अवधिमा स्मार्टफोनमा नवीन प्रविधि भित्र्याउन तथा त्यससँग सम्बन्धित प्रविधिमा सुधार ल्याउनेतर्फ नेतृत्व गर्न सक्नेछन् । नवीन प्रविधिको प्रयोगका क्षेत्रमा यी कम्पनीको क्षमता निकै बढी छ ।

आइडीसी अनुसन्धान कम्पनीका अनुसार, विश्वमा सन् २०१८ मा स्मार्टफोनको बिक्रीमा ०.७ प्रतिशतले कमी आई करिब एक अर्ब ४५ लाख थान मोबाइल बिक्री भएको थियो । आइडीसीले मोबाइलको बजारमा सामान्य सुधार आउने र सन् २०२२ सम्ममा वार्षिक बिक्री करिब एक अर्ब ६४ करोड पुग्ने जनाएको छ ।

“हाम्रो विचारमा आगामी वर्षहरुमा स्मार्टफोनको बजारमा स्वस्थ वृद्धि हुनेछ, तर बजारको खोजी गर्न तथा प्रतिस्पर्धामा टिक्न निकै चुनौतीपूर्ण हुनेछ,” आइडीसीका विश्लेषक रायन रेथले बताउनुभयो ।

संयुक्तराज्य अमेरिकामा ५० वर्षभन्दा कम उमेरका ९१ प्रतिशत वयस्कहरुले स्मार्टफोनको प्रयोग गरिरहेका छन् भने १३ वर्षदेखि १९ वर्ष उमेरका बालबालिकामध्ये ९५ प्रतिशतसँग एउटा फोन छ, पिउ रिसर्च सेन्टरले जनाएको छ ।

युरोपमा सन् २०१७ को अन्त्यसम्ममा करिब ४६ करोड ५० लाखसँग मोबाइल फोन छ । यो कूल जनसंख्याको करिब ८५ प्रतिशत हो । यी मोबाइलमध्ये दुई तिहाई स्मार्टफोन नै रहेका छन् ।

टेकएनालिसिस रिसर्चका संस्थापक बब ओ–डोन्नेलले संयुक्तराज्य अमेरिका र कतिपय विकसित मुलुकमा स्मार्टफोनको बिक्री घटेको बताउनुभयो । “मानिसहरुले क्यारिअरको निर्भरता छाडेर सोझै बजारबाट मोबाइल खरिद गर्न थालेकाले त्यस्ता मोबाइलको प्रयोग उनीहरुले लामो अवधिसम्म गर्न थालेका छन् ।”

ओ–डोन्नेलका अनुसार सन् २०१९ मा फाइभजी र फोल्ड गर्न मिल्ने स्क्रिनका कारण मोबाइल बिक्री बढ्न सक्ने बताउनुभयो । “मानिसहरुले केही समयदेखि फोल्ड गर्न मिल्ने स्क्रिनका कुरा गरिरहेका थिए र अर्को वर्ष यस्ता फोन बजारमा आउने सम्भावना बढेको छ ।”

उहाँले स्मार्टफोनलाई अझ उन्नत प्रविधियुक्त र स्मार्ट बनाउने होडबाजी चलेकाले रुपान्तरित स्मार्टफोनले बजारमा प्रभाव कायमै राख्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com