ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिवादित बन्दै पुर्वी क्षेत्र महोत्सव , प्रशासनसमक्ष अझै स्वीकृत लिएन


एबीसी न्यूज

चितवन , २६  कार्तिक । कुनै पनि संघसंस्थाले मेला महोत्सव आयोजना गर्दा र गराउदा सम्बन्धि जिल्ला प्रशासन कार्यालय समक्ष अनिवार्य रूपमा लिखित स्वीकृत लिनुपर्ने हुन्छ ।

महोत्सव आयोजकको विधानमा मेला महोत्सव आयोजना गर्न साथै उद्योग वाणिज्य संघ, स्थानीय तह र जिल्ला प्रहरी कार्यालयको सिफारिस, आयव्यय विवरण, सार्वजनिक गर्ने प्रतिबद्धतापत्र, दर्ता प्रमाणपत्र र आन्तरिक राजस्व कार्यालयको अस्थायी दर्ता प्रमाणपत्र अनिवार्य रूपमा उल्लेख हुनुपर्ने छ ।

तर, लायन्स क्लब अफ राइनो सिटी र एन । एस क्रियसन एण्ड इभेन्ट्स प्रा लि को संयुक्त आयोजनामा आउँदो कार्तिक ३० गते देखि हुन लागिएको पूर्वी क्षेत्र महोत्सवमा आयोजकहरुले आज आइतबारसम्म आइपुग्दा समेत कुनै पनि प्रक्रिया पूरा गरेका छैनन् । पुर्वी क्षेत्र महोत्सवका प्रशासन समक्ष महोत्सव सञ्चालन गर्न पाउने भनी कुनै लिखित स्वीकृत दर्ता भएको छैनन् । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले भने, शान्ति सुरक्षाको दृष्टिकोणले मेलामहोत्सव सञ्चालन गर्दा प्रशासन समक्ष अनिवार्य लिखित स्वीकृति लिनुपर्ने हुन्छ । तर, उनीहरुले प्रक्रिया पुर्‍याएका छैनन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व गभर्नर घनश्याम भट्टराईले लायन्स क्लबको विधानमा मेलामहोत्सव गर्ने उल्लेख नभएको र आयोजक लायन्स क्लबले सम्बन्धित निकायहरुबाट स्वीकृति लिएर मात्र कार्य गर्नुपर्नेमा उनको जोड थियो । उता, पूर्वी क्षेत्र महोत्सवको संरक्षकसमेत रहेको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शववाहन किन्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको भएर नगरपालिकाले स्वीकृति दिएको र जिल्ला प्रशासनबाट स्वीकृति लिनुपर्ने भए आयोजक संस्थाले प्रशासनसँग स्वीकृति लिएरमात्र महोत्सव आयोजना गर्नुपर्ने बताए ।

यता, आयोजक लायन्स क्लब अफ राइनो सिटीका अध्यक्ष ओम सापकोटाले महोत्सवको तयारी लगभग सबै पूरा भएकोले आउँदो ३० गतेभित्र सबै प्रक्रिया पूरा गर्ने बताए ।’ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए पनि अहिलेसम्म महोत्सवको लागि जिल्ला प्रशासन कार्यालयसँग लिखित स्वीकृति लिएको छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com