ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजार दोहोरो अङ्कले गिरावट


admin
कार्तिक २५, २०७५ आईतबार  ४ : १९ बजे

काठमाडौं,२५ कात्तिक । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ ।

प्रतिशतका आधारमा १ दशमलब ४२ बिन्दुले बजार घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलब ११ बिन्दुले घटेर २५५ दशमलब ९८ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज गिरावट आएको छ । कूल १२५ कम्पनीको तीन लाख १४ हजार २९७ कित्ता शेयर रु नौ करोड ९४ लाख ५१ हजार ४८ मूल्यमा खरिद बिक्री भएको थियो ।

कारोवार भएका कूल नौ उपसमूहमध्ये आज दुई उपसमूहको शेयरमा भने वृद्धि भएको छ । वित्त १ दशमलब २५ र अन्य शुन्य दशमलब ७३ बिन्दुले बढ्दा बैङ्किङ २५ दशमलब शुन्य आठ, होटल ३ दशमलब ५८, विकास बैङ्क ६ दशमलब शुन्य पाँच, जलविद्युत् १३ दशमलब २२, निर्जीवन बीमा ४३ दशमलब शुन्य सात, माइक्रोफाइनान्स ३ दशमलब शुन्य आठ र जीवन बीमा २९ दशमलब ११ बिन्दुले ओरालो लागेको छ ।

घटेको बजारमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने अपि पावर कम्पनी, स्ट्याण्र्डड चार्टड बैङ्क र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज गुमाएका छन् ।

स्टकले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका कारण नेप्सेको बेबसाइटमा समस्या देखिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नयाँ प्रणाली जडान गर्दा केही समस्या आएको स्वीकार गर्दै प्राविधिक समस्या समाधानका लागि जुटेको जानकारी दिनुभयो ।

यस्तै स्टक एक्सचेञ्जमा आजै नेपाल बैङ्क लिमिटेडको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता थप सार्वजनिक निश्काशन(एफपिओ) सूचीकृत भएको छ । स्टककाअनुसार सेञ्चुरी कर्मसियल बैङ्क लिमिटेडको ३८ लाख ३९ हजार ७३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै स्ट्याण्डर्ड चार्टड बैङ्कले आफ्ना शेयरधनीलाई १७ दशमलब ५० प्रतिशत नगद लाभांश दिने जानकारी समेत स्टकलाई गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com