ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाई कारबाहीमा परी २६ सर्वसाधारण मारिए


admin

दमासकस, २४ कात्तिक । अमेरिका नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी सिरियामा कम्तीमा २६ सर्वसाधारणको मृत्यु भएको छ ।

सिरियाको पूर्वी प्रान्त डेइर अल जौरमा यो घटना भएको अधिकारीहरुलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले जनाएको छ ।

मारिनेमा महिला र बालबालिकासमेत रहेका समाचारमा जनाइएको छ । कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट (आईएस) आतङ्ककारीविरुद्ध उक्त कारबाही चलाएको बताइएको छ ।

उक्त हवाई कारबाही इराकसँगको सिमानामा पर्ने इयुफ्राटीज नदीनजिकै भएको थियो । यस क्षेत्रमा आतङ्ककारीहरुको रहेको सुचनाको आधारमा हवाई कारबाही भएको गठबन्धन सेनाले जानकारी दिएको छ । पछिल्लो समय त्यस क्षेत्रमा हवाई आक्रमणहरु भइरहेका छन् ।

सिरियामा आतङ्ककारीलाई लक्ष्य गरी गरिने हवाई कारबाहीमा परी बारम्बार सर्वसधारणको ज्यान जाने गरेको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदविरुद्ध जनआन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृह युद्धमा परिणत भयो ।

उक्त गृहयुद्धमा अल कायदा र आइएस जस्ता आतङ्ककारी समूह हाबी हुदै गए । सन् २०११ देखि हालसम्म यस युद्धमा परी ३ लाख ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने, लाखौैको सङ्ख्यामा सर्वसधारण घाइते हुनुको साथै आफ्नो देशमा र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com