ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यालिफोर्नियामा आगलागीमा पाँच जनाको मृत्यु


admin

 एजेन्सी, २४ कात्तिक ।  संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण शुक्रबार मात्र पाँच जनाको ज्यान गएको छ । क्यालिफोर्निया राज्यको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिहरुको सवारी साधनलाई आगोले छोएको थियो । त्यसपछि ती सवारीमा रहेका पाँच जनाको ज्यान गएको बताइएको छ ।

उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ । समय समयमा सरकारले आगो निभाएको बताएपनि पूर्ण रुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ ।

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । क्यालिफोर्निया राज्यको उत्तरतर्फ रहेको बुटे काउन्टीमा ती व्यक्ति यसरी आगोमा परेका हुन् ।

शुक्रबार देखिएको यो आगलागी क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १३० किलोमीटर उत्तरमा रहेको उक्त काउन्टीको जंगलमा हो । सो क्षेत्रमा गत वर्ष पनि बढी मात्रामा आगो लागेको बताइएको थियो ।

सो क्षेत्रमा अग्निनियन्त्रक र अरु उद्धारकर्मीहरु परिचालन गरिएको भए पनि आगो निन्त्रणमा लिन सकिएको छैन ।

तर अधिकारीहरुले सो आगलागी जंगलमा भएको आगलागीबाट नभएको बताएका छन् ।
उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जंगलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् ।

तर यस कुराको पुष्टि भने भएको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । यस विषयमा यहाँको वन विभागले भने कुनै थप सूचना दिएको छैन ।

प्रहरीले आगो लागेर जलेका पाँच ओटा शव भेटिएको र अरु दुई जना जलेका व्यक्तिको उपचार जारी रहेको बताएको छ । साथै प्रहरीले मारिएका व्यक्ति उक्त जंगलमा विगतदेखि नै लागेका आगोका कारण हो या शुक्रबार दुर्घटना भएको हो भन्ने बारेमा खोजी भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com