ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजारको कारोबार अनलाईन प्रणालीबाट सुरु


admin
कार्तिक २०, २०७५ मंगलबार   १ : १८   बजे

 

काठमाडौं,२० कात्तिक । नेपाल स्टक एक्सचेञ्जले पूर्ण रुपमा अनलाईन कारोबार प्रणाली सुरु गरेको छ ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा एक कार्यक्रमका बीच शेयर कारोबार पूर्ण रुपमा अनलाईनबाट गर्ने प्रणालीको शुभारम्भ गर्नु भएको हो । नेप्सेले केही महिनाको प्रयासपछि यो प्रणालीलाई पूर्ण रुपमा प्रयोगमा ल्याएको हो ।

यो प्रणाली सुरु भएसँगै शेयर लगानीकर्ताहरुलाई आफू बसेकै ठाउँबाट प्रविधिको उपयोग गरेर सहज तरिकाले सेयर कारोबार गर्ने बाटो खुला भएको छ । कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सो सेवाले सेयर कारोबारलाई सहज बनाउने विश्वास व्यक्त गर्नु भयो ।

अनलाईनबाट सेयर कारोबार गर्ने प्रणालीलाई व्यवस्थित बनाउन पनि मन्त्री खतिवडाले मातहतका निकायलाई सचेत गराउनु भयो । उहाँले शेयर बजारलाई सहज बनाएर आर्थिक गतिविधिलाई अघि बढाउन सरकारले प्रविधिको विकासका सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाईन कारोबार प्रणालीले शेयर बजारलाई सन्तुलित ढंगले अघि बढाउन सहज बनाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले ठूलो लगानी गरेर यो प्रविधि भित्र्याएको उल्लेख गर्दै यसको सदुपयोग गरेर अघि बढन पनि सम्बन्धित सबैलाई आग्रह गर्नु भयो ।

अव सेयर लगानीकर्ताहरुले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन ।

अनलाईन कारोबार प्रणाली सुरु भएसँगै शेयर बजारले गति लिने अपेक्षा गरिएको छ । अनलाईन कारोबार गर्दा लगानीकर्ताहरुले आफ्नो ‘युजर नेम’ र ‘पासवड’ सुरक्षित राख्नुपर्नेतर्फ पनि नेप्सेले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group