ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीलाई देखाएर दातृ निकायले पठाएको विद्युतीय बसमा समेत सरकारी गिद्देदृष्टि


एबीसी न्यूज

बुटवल, १९ कातिक । बिश्वसमुदायमा सरकारी निकायले पटक पटक लुम्बिनीको नाम भजाउने गरेपनि लुम्बिनीकै नाम भजाउने सरकारी अधिकारीहरु लुम्बिनीको भाग खोस्न पछि पर्दैनन् । लुम्बिनीलाई देखाएर दातृ निकायले पठाएको साधनमा समेत सरकारी गिद्देदृष्टि परेपछि लुम्बिनीलाई माया गर्नेहरुको मन् कुंडिएको छ ।

लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरि नेपाल सरकारले प्रदूषणमुक्त बस सेवा संचालन गर्न चाहेको धेरै वर्ष भयो । सरकारी चाहना पुरा नभए पनि एशियाली विकास बंैक मातहतको एशियन क्लिन इनर्जीले लुम्बिनी विकास कोषसँगको सहकार्यमा पर्यटक लक्षित ५ वटा विद्युतीय बस र ११ वटा कार सहयोग गर्ने निर्णयअनुसार लुम्बिनीका लागि पठाएको २ वटा बसमा समेत काठमाण्डौलाई मात्र नेपाल देख्ने सरकारी अधिकारीहरुको नजर लागेको छ । लुम्बिनीका लागि आएको बस काठमाडौंमा संचालन गर्ने गरि उदघाटन समेत गरिएको छ । लुम्बिनीमा केही भए पनि प्रदुषण कम गर्ने र यहाँ आउने पर्यटकलाई स्तरीय वातानुकुलित सुविधा दिने उद्देश्यले एडिविले बस र दिने सहमती गरेको थियो ।

एक करोड ७४ लाख मुल्य पर्ने बस सहमतिअनुसार एडिविले लुम्बिनीका लागि त पठायो । तर बस एकाएक काठमाडौं पुर्याएर साझा यातायातमार्फत् संचालनमा ल्याएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी र स्थानीय आक्रोसित भएका छन् ।

एडिविले ९ जनवरी २०१८ मा विद्युतीय बस र कार दिने सम्झौता लुम्बिनी विकास कोषसँग गरेको थियो । लुम्बिनीका लागि ल्याइएको बिद्युतीय बस अघिल्लो साताको मंगलबार काठमाण्डौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनीसम्म संचालन हुने गरी प्रदूषणरहित सवारी सञ्चालन गर्ने भनिए पनि सरकारी लापरबाहीले बस एकाएक काठमाडौं पुर्याइएको छ । लुम्बिनी विकास कोषले भने गौतमबुद्ध विमानस्थल संचालन आए लगत्तै बस पुनः लुम्बिनी क्षेत्रमा संचालन गर्ने दावी गरेको छ ।

बस आउने भनिएपछि लुम्बिनीको संग्रहलाय नजिकैं उक्त बस चाजिंगका लागि करिब १२ करोडको लागतमा स्टेन समेत बनाउन लागिएको छ । लुम्बिनीमा चार्जिङ सेण्टर बनाएर बस भने काठमाडौंमा संचालन गरिएको छ ।  ३ बस र ११ कार आउन बाँकी छ । लुम्बिनीलाई स्वच्छ वातवरण बनाउने ध्ययले ल्याइएको बिजुली बसहरु काठमाण्डौंमा लगेर शुभारम्भ गरिनु गलत भएको यहाँका बासिन्दा बताउँछन् । लुम्बिनीमा अहिले पुरानो बस र जीप संचालनमा छन् । जसको कारण सार्वजनिक सवारी साधन प्रयोग गर्ने पर्यटकहरु पुराना बसमा धकेलाधकेल गरेर यात्रा गर्न बाध्य छन् । काठमाण्डौलाई मात्र नेपाल थान्ने सरकारको सामान्त कालिन रबैया आखिर कहिले सम्म रहला ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com