ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विजुलीबाट बल्ने झिलिमिली बत्तिहरुले गर्दा माटाका पालामा दीप् प्रज्वलन गरेर तिहार मनाउने परम्परा हराउंदै


एबीसी न्यूज

काठमाडाैं, १८  कातिक । नेपालीको दोस्रो ठूलो चाड दिपावली तथा तिहार नजिकिंदै छ । तिहारमा दीप प्रज्वलन गरेर औंशीको रातलाई पनि झलमल्ल पार्ने परम्परा छ । तर, विगत केही वर्षयता विदेशवाट विजुलीबाट बल्ने झिलिमिली बत्तिहरुले गर्दा मौलिक रुपमा माटाका पाला, दियो प्रज्वलन गरेर तिहार मनाउने परम्परा हराउंदै गएको छ । पाला, दियो मात्र होइन यस समस्या सबै माटाका मौलिक सामान निर्माणमा देखिएको छ ।

तिहारलाई झिलिमिलि पर्वका रुपमा मनाउने गरिन्छ । तर, मौलिक रुपमा प्रयोग गरिने माटाका पाला लगायत माटोका अन्य सामाग्रीहरु हराउदै गएका छन् । त्यसो त, दियो मात्र होइन चाडपर्वमा प्रयोग गरिने अन्य माटोका भा“डाकुडाहरु पनि लोप हुंदै गएका छन् । माटा त्यस्ता सामाग्रीहरु प्लास्टिक र अन्य पदार्थबाट निर्माण हुन थालेसंगै माटाका मौलिक भा“डाकुडा विस्थापित हुन थालेका हुन् । पुस्तेनी रुपमा माटाका सामान बनाउदै आएका व्यवसायीहरु माटोका भाडाकुडाको माग घट्दै गएको बताउंछन् ।

अझ माटोका सामाग्री निर्माणको कला पुस्तान्तरण हुन नसक्दा यस्ता सामाग्री दुर्लभ हुदै जाने खतरा समेत बढेको छ । विगतमा महत्वपुर्ण क्षेत्रका रुपमा रहेको माटोका सामाग्रीहरुको बजार विस्तार हुन नसक्दा पछिल्लो पुस्तामा यस पेशाप्रति विकर्षण बढ्दै गएको माटोका विभिन्न सामाग्री बनाउंदै आएका एक व्यवसायी बताउछन् । माटोबाट विभिन्न सामाग्री निर्माण गर्नु एउटा कला हो । नेपालको मौलिकता समेत बोकेको यस पेशा संकटमा पर्दै जानु आ“फैमा दुखद पक्ष हो ।

माटोका सामाग्री निर्माणकार्य हेर्दा सहज देखिए पनि यसका आफनै विधि र प्रकृया छन् । का“चो माटोलाई उपयोग गर्नयोग्य सामाग्री बनाउन विभिन्न चरण पार गर्नु पर्ने हुन्छ ।लामो समयदेखि माटोका सामाग्री वेच्दै आएका व्यवसायीहरु पहिलेको तुलनामा व्यवसाय घटेको बताउछन् ।

माटोका सामाग्री उत्पादन नेपाली मौलिक परम्परा हो । तर, विगत केही वर्षयता विदेशबाट आयात हुने प्लास्टिकजन्य तथा अन्य सामानहरुको प्रयोगले माटोका सामाग्री प्रतिको आकर्षण घटाउंदै लगेको छ । अतः माटोका सामाग्री निर्माण कार्यलाई व्यवसायिक बनाउन सम्वन्धित निकायले ध्यान पु¥याउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com