ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

साँगाचोकमा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण


एबीसी न्यूज
कार्तिक १३, २०७५ मंगलबार  २ : ३६ बजे

चौतारा, १३ कार्तिक  । सिन्धुपाल्चोकको साँगाचोकमा क्यान्सरको निशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण गरिएको हो ।

नगरपालिकाका मेयर अमानसिंह तामाङले स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । शिविर उद्घाटनमा बोल्दै मेयर तामाङले मानव जीवनको पहिलो शर्त नै स्वस्थ जीवन रहेको बताए । उनले भने, ‘आफू रहे संसार रहन्छ । संसार रहे मात्र सम्पत्ति, परिवार र साथीभाइ रहन्छन् । त्यसैले आफू रहनका लागि पहिलो पाइला भनेकै स्वास्थ्य हो, त्यसैले शिविरको आयोजना गरेका हौं ।’

शिविरमा नगर उपप्रमुख जानुका पराजुलीले महिलाहरुलाई लक्षित गरेर शिविर आयोजना गरेको बताइन् । पराजुलीले भनिन्, ‘हामीकहाँ अहिले पनि रोगले च्यापेपछि मात्र अस्पताल जाने चलन छ । ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य परीक्षण आवश्यक ठानेर शिविरको आयोजना गरेका हौं ।

शिविरकाे पहिलाे दिन ३०० जनाले स्वास्थ्य परिक्षण गरायका थिए । परिक्षणमा ३ जनालाई पाठेघरमा क्यान्सरकाे शंका देखिएकाे । १५० जनाकाे पाठेघरमा संक्रमण देखिएकाे । ७ जनाकाे पाठेघरमा मासु पलाएकाे ।

६ जनाकाे अाङ खसेकाे । २ जनाकाे स्तनमा गाँठा पलाएकाे । २ जनाकाे मुख तथा ग्रन्थीमा क्यान्सरकाे शंका देखिएकाे थियाे । साथै क्यान्सर सम्बन्धि सतेचना कार्यक्रम संगै क्यान्सर राेकथाम बिशेषज्ञ डा. किशाेर कुमार प्रधानाङ्गले महिला स्वयंसेविकाहरूलाई स्तन क्यान्सर प्ररिक्षण सम्बन्धि प्रशिक्षण दिनुभएकाे थियाे ।

पराजुलीले शिविर सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । ‘शिविरको समन्वय गरी दिएकोमा थाहा फाउण्डेशन पोखरालाई हार्दिक धन्यवाद दिन चाहन्छु’ उपमेयर पराजुलीले भनिन्, ‘प्राविधिक सहयोग र जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र बीपी कोइराला क्यान्सर अस्पतालप्रति आभार प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com