ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरण : इन्स्पेक्टर भट्टले दिए स्पष्टीकरण, एसपी विष्टले आज दिदै


एबीसी न्यूज

काठमाडौं, ७ कात्तिक । १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न रहेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टले स्पष्टीकरण दिएका छन्।

कञ्चनपुरकै तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले आज सम्म स्पष्टीकरण दिइसक्नुपर्ने भएको छ।

पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै बर्खास्त गर्नुअघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्तअनुसार उनीहरु स्पष्टीकरण लिइएको हो।

बर्खास्त गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालयले गृहसचिवलाई पत्र पठाएको थियो। गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक भट्टलाई सोमबार स्पष्टीकरणको पत्र थमाएको थियो। पत्र पाएको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने कानुनी प्रावधानअनुसार भट्टले स्पष्टीकरणको पठाई सकेका छन् भने प्रहरी प्रधान कार्यालयले एसपी विष्टलाई स्पष्टीकरणको पत्र बुझ्न सोमबार आग्रह गरेको थियो। एसपी विष्टले आफू अन्य काममा व्यस्त भएको बताउँदै हिजो मंगलबार पत्र बुझेको प्रहरी प्रधानकार्यालयले जनाएको छ। पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले आज सम्ममा जवाफ पठाउनु पर्नेछ।

एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको जवाफ प्रहरी प्रधान कार्यालयले गृहसचिव प्रेमकुमार राईसमक्ष पेस गर्नुपर्ने हुन्छ। विष्टको जवाफ आएपछि भोलि नै गृहमा स्पष्टीकरणको लिखित जवाफ पेस गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरुको जवाफ चित्तबुझ्दो नभए बर्खास्त हुनसक्ने गृह मन्त्रालयले जनाएको छ।

हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com