ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोल्डेन माइक हात पार्न सफल सुमितलाई नेपाल आइडल बन्न अब जनमतको खाँचो


एबीसी न्यूज
कार्तिक ६, २०७५ मंगलबार  ३ : ३० बजे

काठमाडौं, ६ कात्तिक ।  नेपालको चर्चित रियालिटि सो नेपाल आइडलमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, सुमित पाठक ।

कर्णप्रिय आवाजका कारण अडिसनमै गोल्डेन माइक हात पार्न सफल सुमित यतिखेर भोटिङ राउण्डको चरणमा छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका सुमितलाई नेपाल आइडल बन्न अब जनमतको खाँचो छ ।

त्यसैले उनको समर्थनमा अहिले देशका विभिन्न स्थानमा सुमित जीताउँ अभियान नै चलेको छ । झापा घर भएका १९ बर्षिय गायक सुमित पाठकको नेपाल आइडल यात्रामा अगाडी बढ्न, उनले आम देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरेका छन् । सुमितलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर 12 टाइप गरि 31009 मा सेण्ड गर्नुपर्ने हुन्छ । १० बर्षको हुँदा आमाको मायाँ गुमाएका सुमितको गायन संघर्ष जारी नै छ ।

यसअघि चलचित्र ‘अमेरिका बोईज’मा समावेश आमा बोलको गीत गाएर सुमित चर्चामा आएका थिए । नेपाल आइडल बन्ने दृढ सपना बोकेर काठमाण्डौँ आएका सुमितले पप, आधुनिक, प्लेब्याक सिङ्गिङ तथा सेमिक्लासिकल सबै विधामा आफ्नो भर्सटालिटी देखइसकेका छन् । सुमित आइडलको आशालाग्दो दाबेदार हुन् । त्यसैले उनलाई सक्दो भोट गर्न सबैले आग्रह गरेका छन् । नेपाली संगीतको क्षेत्रमा निरन्तर संघर्षरत उनी गायनलाई नै आफ्नो करियर बनाउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com