ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शारीरिक सुगठनको उपाधि सिजापतिलाई


एबीसी न्यूज

काठमाडौँ, २१  असोज।   पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले हात पारेका छन् ।

नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको उक्त प्रतियोगिताअन्तर्गत ८० केजी तौल समूहभन्दामाथिको समूहबाट प्रतिष्पर्धा गरेका सिजापतिले उक्त तौल समूहको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । फाइनल राउण्डमा सिजापतिले छ प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै सिजापतिले रु पाँच लाख प्राप्त गरेका छन् ।

त्यस्तै महेश महर्जन द्वितीय, रामबहादुर दाहाल तृतीय, प्रवेश श्रेष्ठ चौथो, सञ्जीव श्रेष्ठ पाँचौँ, आशिष देवाजु छैटौँ र सुरेश खत्री सातौँ भए । उनीहरुले क्रमशः रु दुई लाख, एक लाख, ९० हजार, ८० हजार, ७५ हजार र ६० हजार प्राप्त गरे । ५५, ६०, ६५, ७०, ७०, ८०, ८० केजीमाथिका समूह विजेतालाई अन्तिममा प्रतिष्पर्धा गराई विजेता, उपविजेता छनोट गरिएको हो ।

समूह विजेता रु ३० हजार, उपविजेताले रु २५ हजार तृतीय हुनेले रु २० हजार प्राप्त गरे । प्रतियोगिताका विजेतालाई उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानलगायतले पदक तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

शुक्रबार भएको प्रिजजिङ राउण्डको ५५ केजी तौल समूहबाट भक्तपुरका कृष्ण दास दिवाकर, गोकर्णका सुजन गुरुङ, बुटवलका अनिल आले, बालाजुका आवाज प्याकुरेल, डेभिड बलामी र सरेश खत्रीले फाइनल चरणमा प्रवेश गरेका थिए । साठी केजी तौल समूहबाट गौरव श्रेष्ठ, यदु विश्वकर्मा, शैलेन्द्र शर्मा, सुजन तामाङ, मानबहादुर चौधरी र आशिष डेबाजु छनोट भएका थिए ।

त्यस्तै ६५ केजी तौल समूहबाट नेपालगञ्जका श्रीतोष चापाली, रोजित बज्राचार्य, विजेन्द्रमान श्रेष्ठ, विवेक विष्ट, सुपेन डङ्गोल, रामबहादुर दाहाल तथा ७० केजी तौल समूहबाट ढल्कुका उज्वल राज बज्राचार्य, किरण यादव, समीर श्रेष्ठ, बद्री श्रेष्ठ, किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ पनि फाइनल चरणका लागि छनोट थिए ।

रोजित बज्राचार्य, विजेन्द्रमान श्रेष्ठ, विवेक विष्ट, सुपेन डङ्गोल, रामबहादुर दाहाल तथा ७० केजी तौल समूहबाट ढल्कुका उज्ज्वलराज बज्राचार्य, किरण यादव, समीर श्रेष्ठ, बद्री श्रेष्ठ, किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ पनि फाइनल चरणको लागि छनोट भएका थिए ।

त्यस्तै ७५ केजी तौल समूहबाट झापाका ललित धिमाल, अशोक महर्जन, प्रवेश श्रेष्ठ, नवीन राना, सुरेश खड्का र प्रवेश केसी तथा ८० केजी तौल समूहबाट सर्खेतका विष्णु विश्वकर्मा, उज्ज्वल बज्राचार्य, महेश्वर मर्हजन, प्रविन शाही, विशाल कँडेल र यमन लामाले पनि फाइनलको चरणको यात्रा तय गर्न सफल भएका छन् । प्रतियोगितामा देशभरिबाट ४०० खेलाडीको सहभागिता रहेको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो ।

धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको १५औँ संस्करणसम्म आइपुग्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । शहीद धर्मभक्त माथेमाको सम्झनामा हरेक दुई÷दुई वर्षमा आयोजना गर्दै आइरहेको यो प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्नु रहेको प्रधानले जानकारी दिनुभयो ।

श्रेष्ठलाई दीर्घसेवा पदक

सोही अवसरमा शारीरिक सुगठनका पूर्वखेलाडी शिवलाल श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको थियो । श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले रु ५५ हजार ५५५ सहित सम्मानपत्रले सम्मान गर्नुभयो । शारीरिक खेलको विकास र विस्तारमा श्रेष्ठले पु¥याउनुभएको योगदानको कदर गर्दै उक्त सम्मान दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com