ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल राजनीतिक स्थायित्व र समाजवादको दिशामा : ओली (फोटोफिचर )


ABC NEWS


अमेरिका १२ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विहान न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन्। ओली सम्वोधनका क्रममा नेपालले आशातित र आवश्यक राजनीतिक स्थायित्व कायम गरेको बताए । उनले भने कसैले कुनै शव्द जाल प्रयोग गरेपनि समाजवादी दिशामा नेपाल अघि बढेको छ ।

प्रधानमन्त्री ओलीले विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासको सरहाना गर्दै त्यसमा आफ्नो सरकारको समर्थन रहेको बताए।
विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको स्पष्ट गरेका थिए ।

ओलीले आफ्नो देशलगायत हिमाली र आइल्याण्डहरु रहेका देशहरु वातावरणीय परिवर्तनको असरबाट निकै प्रभावित रहेकोले यस विषयमा सबै राष्ट्रसंघमा आवद्ध देशहरुले समान धारणा बनाउँदै त्यसबाट बच्न जरुरी रहेको बताए।

प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गरिरहेका बेला राष्ट्र संघ भवन परिसरमा नेपाली कांग्रेस निकट् व्यक्तिहरुले कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका थिए।


सम्बोधन अघि प्रधानमन्त्री विभिन्न साइड लाइन बैठकहरु निकै फलदायी भएको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले एबीसीलाई बताए । प्रधानमन्त्री ओलीले क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडेउ, बेलायतका प्रधानमन्त्री टेरेजा मे, अष्ट्रेलियन पूर्वप्रधानमन्त्री केभिन रड, स्वीडेनका राष्ट्रपति र भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटघाट गरेका थिए।
प्रधानमन्त्री ओलीले अमेरिकामा रहंदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कोलम्वियाका राष्ट्रपति लगयातसंग पनि भेट वार्ता गरेका छन् ।

न्युयोर्कमा प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रम निकै फलदायी रहेको राजदूत कार्कीले बताए ।
ओली शनिबार कोस्टारिका प्रस्थान गर्नेछन् । कोस्टारिकाका समकक्षीकसंग दुईपक्षीय भेटवार्ताका साथै त्यहां रहेको शान्ति विश्वविद्यालयमा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com