ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिपिएलमा प्रतिस्पर्धा गर्ने छ टोली र छ मार्की खेलाडी घोषणा


एबीसी न्यूज

काठमाडौं,११ असोज । आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ ।

पिपिएल पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि महत्वपूर्ण मानिएको मैदानसहित पिच निर्माण कार्य भइरहेको सो अवसरमा जानकारी दिइयो ।

आज घोषणा गरिएको टोलीमा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् ।

त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् ।

बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यावसायिक युवा टोली रहेको छ भने ‘मार्की प्लेयर’ सोमपाल कामी रहेका छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन् ।

एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर – ज्ञानेन्द्र मल्ल ।

टोली र मार्की प्लेयर घोषणा भएसँगै पिपिएलको अक्सन आगामी आइतबार हुनेछ । अघिल्लो दुई साता दर्ता गरेका खेलाडीबीच अक्सन गराइनेछ । पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व खेलाडीलाई राखिएको छ । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टोलीको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेका बाहेकका खेलाडीलाई राखिएको छ ।

क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य (बेस प्राइस) रु ५० राखिएको छ भने अधिकतम मूल्य (म्याक्सिमम प्राइस) रु दुई २ लाख ५० हजार राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य पनि रु ५० हजार र अधितम मूल्य रु एक लाख ५० हजार निर्धारण गरिएको छ ।

अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य रु एक लाख रखेको छ । पिपिएलका लागि एक टोलीले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नुपर्नेछ ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली खेलकुदले आशा गर्ने खेलको रुपमा रहेको क्रिकेटको व्यावसायिक घरेलु प्रतियोगिता सञ्चालन गर्न लागेकोमा शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले क्यान विवाद अन्त्य हुन लागेको बताउँदै अबको एक दुई महिनामा टुङ्गो लगाउने बताउनुभयो । यस्ता प्रतियोगिताले नयाँ नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ ।

प्रतियोगिताका लागि आयोजक क्वीन्स इभेन्टले पोखरा रङ्गशालामा मैदान तयार गरिरहेको छ । प्रतियोगिताको खेलाडी दर्ता अन्तिम चरणमा पुगेको र छिट्टै अक्सनमार्फत टोली घोषणा हुने क्वीन्सका प्रबन्ध निर्देशक छुब्बी लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com