ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानमा समस्या आउदा शरीरिका कुन–कुन भागमा असर गर्छ थाहापाउनुहोस ( भिडियोसहित )


एबीसी न्यूज
आश्विन ७, २०७५ आईतबार   १ : ३३   बजे

काठमाडौं , ७ असोज । कानले आवाज सुन्ने मात्र काम नगरि यसले हाम्रो शरीरलाई सन्तुलनमा राख्ने पनि काम गर्छ । कानको मुख्य तीनवटा भाग हुन्छन् । बाहिरी भागले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ । मध्य भागले बाहिरबाट उत्पन्न भएको ध्वनिलाई तरंगमा ल्याई आवश्यकता अनुसार शरीरभित्र प्रवेश गराउने काम गर्छ । भित्रि भागले तरंगबाट निस्केको ‘मेकानिकल इनर्जी’लाई ‘विद्युतीय इनर्जी’मा परिवर्तन गरी मस्तिष्कसम्म पु¥याउने काम गर्छ र मानिसले सुन्न सक्छन् । श्रवणशक्तिमा ह्रास आउनु, कान पाक्नु, बहिरोपन हुनु, कानमा आउने समस्याहरु हुन् ।

यदि कानमा संक्रमण भएमा कान पाक्ने, दुख्ने, कानमा पिप जम्मा हुने लगाएतका लक्षण देखा पर्छन् । कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि संक्रमणले मस्तिष्कमा असर गर्न सक्छ । कानको भित्रि भागमा हुने कक्लिया र भेस्टिबुलमा समस्या आएमा वा भित्रि भागमा संक्रमण भएमा चक्कर आउने, वाकवाक लाग्ने र बान्ता हुने गर्दछ । कानभित्र ट्युमर भएमा पनि नशाको माध्यमबाट मस्तिष्कमा असर पुगेर चक्कर आउने समस्या देखा पर्छ । सहरीकरण, औद्योगीकरण र सवारी साधनबाट निस्केको ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास ल्याउन सक्छ ।

६० डेसिबलभन्दा बढी हुने ध्वनि हानिकारक मानिन्छ । ८० डेसिबलभन्दा बढी ध्वनिले बहिरोपन ल्याउन सक्छ । विश्वका एक अर्बभन्दा बढी इलेक्ट्रोनिक डिभाइसका प्रयोगकर्ताहरु बहिरोपनको जोखिममा रहेको अनुमान विश्व स्वास्थ संगठनको छ । नेपालमा १६ प्रतिशत मानिस कुनै न कुनै प्रकारको बहिरोपनबाट पीडित भएको अनुमान गरिन्छ । ध्वनी प्रदुषणबाट जोगिनु ने यसको पहिलो समाधानको उपाय हो । कोही विभिन्न कारणले कान कम सुन्ने हुन्छन् जसको उपचारबाट सुन्न शक्ति पुन प्राप्त गराउन सकिन्छ । सुन्नै नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउन नयाँ नयाँ प्रविधिहरु एकपछी अर्को आविस्कार भइरहेको छ । विभिन्न आधुनिक प्रविधिहरु मध्ये सुन्न नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउने संसारमा अत्याधिक प्रयोगमा आएको यन्त्र हो कक्लियर इम्प्लान्ट । कक्लियर इम्प्लान्ट मानव कानले जस्तै सुनाइको काम गर्ने एक आधुनिक यन्त्र हो ।

यो प्रविधि अब नेपालमा पनि भित्रसिकेको छ । नेपालमा यसको प्रयोगबाट धेरैले लाभ लिसकेका छन् । कान दुखाइका कारणहरु धेरै हुन सक्छन् , कानेगुजी धेरै भएमा, कानमा ढुसी जम्मा हुदा कान चिलाउने र दुख्ने हुन्छ । कान सम्बन्धी रोगहरुबाट बच्न वैज्ञानिक पद्दतिद्वारा कानको सफाइ र हेरचाह गर्ने, कानमा तेल नहाल्ने, कानमा समस्या आएमा ढिला नगरि चिकित्सकको परामर्श लिएमा कानमा आउने समस्याबाट बच्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group