ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्छ, प्रतिस्पर्धा होईन:अर्थमन्त्री खतिवडा


bhawani desk
आश्विन ५, २०७५ शुक्रबार   ४ : ५७   बजे

 

पोखरा, ५ असोज । नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आवश्यक नरहेको बताएका छन् । पोखरामा शुक्रबार उद्योग बाणिज्य संघको ३२ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो अभिब्यक्ति दिएका हुन ।

उनले लगानी गर्न निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने तर प्रतिस्पर्धा गर्न आवश्यक नरहेको उल्लेख गरे ।

मन्त्री खतिवडाले चालू बर्षभित्रै ८ प्रतिशत आर्थिक बृद्धी हासिल गर्ने लक्ष्य रहेको भन्दै निजी क्षेत्रकै लगानी, उद्यमशिलता र उत्पादन गर्ने क्षमतालाई हेरेर नीति तथा कार्यक्रम तय गरेको बताए ।

उनले देशको समृद्धीका लागि कर अति आवश्यक भएपनि पछिल्लो समय करका बारेमा धेरै टिका टिप्पणी भैरहेको बताए । उनले सरकारले २५ बर्षमा खासै कर नीति परिवर्तन नगरेको उल्लेख गर्दै सुधारको नाममा बरु सजिलो बनाउँदै लगेको बताए ।

उनले प्रदेश र स्थानीय तहको लगानी बढाउन कर प्रणालीमा नयाँ काम गर्नुपर्ने भन्दै तल्ला तहमा प्रदत्त अधिकारको सीमाभित्र रहेर लगानी अनुकुल वातावरण बनाउन सरकार लागिरहेको जानकारी दिए ।

मन्त्री खतिवडाले ६ महिनाभित्रै लगानी सम्बन्धी सबै कानुन तयार गरेर लगानी सम्मेलन गर्ने तयारीमा सरकार लागि परेको बताए ।

उनले निष्कृय भैसकेका पूराना कानुनलाई खारेज गर्ने र केही संशोधनको लागी छलफल चलिरहेको समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

चीन भ्रमणमा परराष्ट्रमन्त्री, लिपुलेक मुद्दा उठ्ला कि फेरि मौनता ?

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group