ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्यक्षदर्शीको बयानः सशस्त्र प्रहरीकै अगाडिबाट गोली हान्दै सीमापारि पुगे खुर्सिदका हत्यारा


एबीसी न्यूज
आश्विन ४, २०७५ बिहीबार  २ : ४५ बजे

काठमाडौं, ४ असोज । विहीबार बिहान सुनसरीको भुताहामा नेकपाका जिल्ला नेता तथा स्थानीय एउटा बोर्डिङका संस्थापक मौलाना खुर्सिद अन्सारीमाथि मोटरसाइकलमा आएका ४ जना व्यक्तिले हत्या गरे। र, हत्याराहरु सुरक्षित रुपमा भारततर्फ भाग्न सफल भए। नेपाल भारत सिमामा बसको शसस्त्र प्रहरीले कुनै प्रतिक्रिया नगर्दा अन्सारीका हत्याराहरु भाग सफल भएका हुन ।

स्थानिय बासीका अनुसार हत्या गरिएका खुर्सिद अन्सारी स्थानीय स्तरमा पढेलेखेको र बुद्धिजीवी बर्गको मानिस हुनुका साथै आफ्नै लगानीमा भुताहामा एउटा बोर्डिङ स्कूल स्थापना चलाउने गरेका थिए । बिहान साढे १० बजेतिर उहाँ स्थानीय चियापसलमा चिया खाएर घर फर्कँदै गर्दा गर्दा एक्कासी मोटर साइकलमा आएकामध्ये एकजनाले उनको कञ्चटमा हत्याराले गोली चलाएका थिए । भुताहाबाट भारतीय सीमाना ७ किलोमिटर मात्र टाढा छ। सीमानासम्म पुग्ने एउटा मात्र बाटो छ।

पिच गरिएको त्यो बाटो बाहेक अर्को बाटो छैन। गोली हानेर गएका हत्याराहरुलाई मोटरसाइकलमै स्थानियहरुले पछ्याउँदै जाँदै गर्दा । भारतीय सीमाना पुग्नु अगाडि घुस्की भन्ने ठाउँमा प्रहरी चौकीमा नजिक पुगेर हत्यारालाई , बाटो छेक, पक्राउ गर भनि कराए पछि एउटा प्रहरी अगाडि आएर बाटो छेक्दाछेक्दै उनीमाथि पनि दुई गोली चलाए प्रहार गरे भाग्न सफल भए। प्रहरीलाई समेत गोली हानेर अघि बढेका उनीहरुलाई स्थानियहरुले पछउन छाडेका थिएनन् र भारतिय सिमा नजिक  घुस्कीमा जस्तै युवहरुले सशस्त्र प्रहरीको क्याम्पनिर पुगेपछि पनि कराए, ‘यिनीहरु हत्यारा हुन्, यिनीहरुले प्रहरीलाई र अर्को एकजनालाई गोली हानेका छन्’ भनेर तर सीमानामा रहेको सशस्त्र प्रहरीको क्याम्पका इन्सपेक्टरलाई पनि घटनाबारे जानकारी गराउन फोन गरिएको थियो। उनीहरु सीमानामा पुग्ने एउटैमात्र बाटो भएकाले त्यहाँ रहेको सशस्त्र प्रहरीले उनीहरुलाई पक्रन सक्छ भन्ने विश्वास थियो।

तर, न इन्सपेक्टरले फोन उठाए, न पछाउदै गएका युवाहरुले उनीहरुलाई ‘पक्रनु, गोली हान्नु’ भन्दा त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीले कुनै रेस्पोन्स गरे। ‘हामीलाई कुनै आदेश छैन’ भन्दै उनीहरु चुप लागेर बसे। सशस्त्र प्रहरीको अगाडी बाटै हत्याराहरु सजिलै सीमापारि पुगे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com