ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा परिवार नियोजनका साधनको प्रयोग बारेमा अझै चेतनाको कमि


एबीसी न्यूज
आश्विन ३, २०७५ बुधबार   २ : ४४   बजे

सुविना आर्चाय
काठमाडौं, ३ असोज । पारिवारिक जीवनलाई स्वस्थ र व्यबस्थित बनाउन परिवार नियोजन आवश्यक मानिन्छ । सुखि परिवार निमार्णका लागि प्रजनन उमेरका महिला तथा पुरुषमा जनचेतना फैलाउने उदेश्यले यो दिवस मनाउन सुरु गरिएको हो । ‘किशोरकिशोरी सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ यस वर्ष यो दिवस मनाइएको छ ।
प्रजनन उमेर समुहका महिला, पुरुष तथा दम्पतीहरुले आफ्नो प्रजनन आवश्यकताहरुलाई उपयुक्त परिवार नियोजनको साधन प्रयोग गरी पुरा गरुन भन्ने उदेश्यका साथ सुरु गरिएको राष्ट्रिय परिवार नियोजन कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकतामा पर्ने कार्यक्रम हो ।

मातृ तथा वाल स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याई जिवनको गुणस्तरियतालाई सुदृढिकरण गर्नका लागि नेपाल सरकारवाट परिवार नियोजन सेवा निशुल्क रुपमा सर्वसाधरण जनताहरुमा पुर्याइएको छ ।

कण्डम, खाने चक्की पिल्स , तीन महिने सुई डिपो, लामो अवधीका अस्थायी साधनहरु आई यु सि डि र इम्लान्ट तथा स्थायी वन्ध्याकरण जस्ता परिवार नियोजनका सेवाहरु नेपाल सरकारबाट निशुल्क रुपमा उपलव्ध गराइदै आएका छन । नेपालमा परिवार नियोजनका साधनको प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र रहेको तथ्याङ्क छ ।

परिवार नियोजनका साधन प्रयोग गर्नेको दर बढ्दै जानुपर्नेमा केहीबर्षदेखि यसको सुचाङ्क स्थीर रहेको नेपाल सरकार स्वास्थ्य तथा जनशंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा बढिलाई जानकारी भएपनि प्रयोगदर भने ५० प्रतिशतको हाराहारीमा मात्र रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश नं ३ मा सबैभन्दा बढी र प्रदेश नं ४ मा सबैभन्दा कम परिवार नियोजनका साधन महिलाले प्रयोग गर्ने गरेको तथ्याङ्क रहेको छ ।

प्रदेश ३ मा ४९ दशमलव २ र ४ मा ३७ दशमलव ३ प्रतिशत प्रयोगदर रहेको छ । उमेर समुहका हिसावले हेर्ने हो भने परिवार नियोजनका साधन प्रयोग गर्नेमा १५ देखी १९ बर्ष उमेर समुहका २३ प्रतिशत छन् ,३५ देखी ४४ उमेर समुहका ६९ प्रतीसत छन् भने , ४५देखी ४९ उमेर समुहका ६५ प्रतीशत छन् । परिवार नियोजनका साधनको प्रयोगदर न्यून भए पनि जन्म दरमा भने बृद्धी नभएको महाशाखाले जनाएको छ ।

परिवार नियोजन सेवा अन्तरगत परिवार नियोजनका साधनहरु मात्र नभई यसस“ग जोडिन आउने परिवार स्वास्थ्यस“ग सम्वन्धित विभिन्न सेवा तथा कार्यक्रमहरु गरिदै आएको छ । सरकारले आधुनिक परिवार नियोजनका साधनहरुको प्रयोगलाई वढाई नचाहेको गर्भ रहनवाट जोगाउने, जन्मान्तरलाई वढाई आमा र वच्चाको स्वास्थ्यलाई राम्रो वनाउनको विभिन्न कार्यक्रम गरेता पनि नेपालमा परिवार नियोजनका बारेमा अझै चेतनाको कमि देखीन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group