
काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले पूर्वाधार बिकास निर्माणको क्षेत्रमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ ।
मंगलबार काठमाडौंमा आर्थिक वर्ष २०७४\७५ मा काठमाडौं जिल्लाका स्थानीय तहहरुबाट सम्पादित कार्यहरुको बार्षिक समिक्षा प्रगति कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले यस्तो आरोप लगाउनुभएको हो । उहा“ले तोकिएका आयोजना समयमा निर्माण नहुनु, आयोजना निर्माणको म्याद थप हुनु, आयोजना सम्पन्न नगर्ने कम्पनीले पुनः अर्को पूर्वाधार निर्माणको जिम्मा पाउनुले पूर्वाधार निर्माणको क्षेत्रमा भ्रष्टाचार देखिएको बताउनुभयो । उहा“ले मुलुककका केही स्थानमा निर्वाचन क्षेत्र निर्धारण गर्दा पनि दवावमा परेर निर्धारण गरिएको बताउनुभयो । मापदण्ड र मूल्य मान्यताबाट अघि बढ्दै मुलुकको बिकासका लागि गम्भीर हुन उहा“ले जनप्रतिनिधीलाई आग्रह पनि गर्नुभयो ।
जिल्ला समन्वय समिति काठमाडौको आयोजनामा भएको कार्यक्रममा नेता नेपालले व्यवस्थित बसोबासका लागी घर निर्माणको मापदण्डमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्