
काठमाडौं, २ असोज । काठमाडौंको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कारको सिकार भएकिछिन । प्रहरीले युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट रालुकादेवी गाउँपालिका अर्जुन लामा, काठमाण्डु नागार्जुन नगरपालिकाका सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने रामकृष्ण नगरकोटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो । खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामूहिक बलात्कार भएको रहस्य खुलेको थियो । नागार्जुन नगरपालिका ७ हसनटार बस्ने २१ वर्षीया युवतीलाई उनीहरुले ललाई फकाई होटलमा जवरजस्ती करणी गरेको बताइएको छ ।
ती महिला सोमबार स्यूचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्