ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणः डीआर्इजीको नेतृत्वमा छानबिन समिति गठन


एबीसी न्यूज
भाद्र ३१, २०७५ आईतबार  ५ : ५५ बजे


काठमाडौं, ३१ भाद्र। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको   छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजीं) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको हो ।

यसअघि यसै प्रयोजनका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिको दायरा फराकिलो बनाउँदै प्रहरी प्रधान कार्यालयले डीआईजी बस्नेतको नेतृत्वमा समिति बनाएको हो ।

यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती , कमी कमजोरीको छानबिन र अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए ।

प्रहरीले दोषीको रुपमा उभ्याएको अभियुक्त डिएनए परीक्षणपछि फर्जी सावित भएका थिए । त्यसलगत्तै गृह मन्त्रालयले पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धानलाई तिव्र पार्न डिआइजी बस्नेतको संयोजकत्वमा छानबिन समिति बनाइएको हो ।

शंका गरेकामाथि प्रहरीले छानबिन नगरेको स्थानीयको गुनासो रहेको छ । प्रहरीले दिलिपसिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेपछि व्यापक विरोध भएको थियो । तर, अहिले विष्ट पनि छुटिसकेका छन् ।

निर्मला हत्याकाण्डमा प्रहरीको कमजोरी छर्लङ्ग भएपछि प्रधान कार्यालयले अनुसन्धानका लागि तदरुकता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com