ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणः डीआर्इजीको नेतृत्वमा छानबिन समिति गठन


एबीसी न्यूज


काठमाडौं, ३१ भाद्र। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको   छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजीं) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको हो ।

यसअघि यसै प्रयोजनका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिको दायरा फराकिलो बनाउँदै प्रहरी प्रधान कार्यालयले डीआईजी बस्नेतको नेतृत्वमा समिति बनाएको हो ।

यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती , कमी कमजोरीको छानबिन र अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए ।

प्रहरीले दोषीको रुपमा उभ्याएको अभियुक्त डिएनए परीक्षणपछि फर्जी सावित भएका थिए । त्यसलगत्तै गृह मन्त्रालयले पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धानलाई तिव्र पार्न डिआइजी बस्नेतको संयोजकत्वमा छानबिन समिति बनाइएको हो ।

शंका गरेकामाथि प्रहरीले छानबिन नगरेको स्थानीयको गुनासो रहेको छ । प्रहरीले दिलिपसिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेपछि व्यापक विरोध भएको थियो । तर, अहिले विष्ट पनि छुटिसकेका छन् ।

निर्मला हत्याकाण्डमा प्रहरीको कमजोरी छर्लङ्ग भएपछि प्रधान कार्यालयले अनुसन्धानका लागि तदरुकता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com