ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धक्क भएर निर्वाचनमा भागलिन गृहमन्त्रीको आग्रह


ABC NEWS
असार १२, २०७४ सोमबार   १२ : ३२   बजे

तुलसीपुर (दाङ), १२ असार । गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताउनुभएको छ । उहाँले आज बिहान यहाँ पत्रकारसँग गरिएको साक्षात्कार कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा हुने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री शर्माले राजनीतिक समस्या समाधान गर्नका लागि तीन चरणमा निर्वाचन गराउनु परेको स्पष्ट पार्दै भन्नुभयो शान्ति सुरक्षा पु¥याउन नसक्ने भएर होइन ।

उहाँले निर्वाचन बिथोल्न अघि सरेको नेकपा (माओवादी विप्लव) समूहले पनि थवाङलगायत कतिपय स्थानमा निर्वाचनमा भाग लिइरहेको बताउनुभयो ।
त्यस्तै संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) कै सहमतिमा प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन गर्न सरकार तयार भएको उहाँको भनाइ छ ।

गृहमन्त्री शर्माले स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मङ्सिरभित्रै अन्य निर्वाचन गरिसक्ने तयारी सरकारले गरेको बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group