ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमण फलदायी : सभामुख महरा


एबीसी न्यूज
भाद्र २७, २०७५ बुधबार  २ : १७ बजे

काठमाडौँ, २७ भाद्र । सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताउनुभएको छ ।

स्वदेश फर्किनुभएपछि उहाँले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गर्नुभयो ।

तिब्बत भ्रमणका अवसरमा सभामुख महराले चीनको तिब्बत स्वशासित क्षेत्रका पार्टी प्रमुख वु यिङै एवं उच्चपदस्थ पदाधिकारीसँग शिष्टाचार भेटघाट भएको जानकारी गराउँदै भन्नुभयो, “सो अवसरमा उहाँहरु बीच नेपाल, तिब्बत र चीनबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्ध, व्यापार, लगानी एवं पर्यटनलगायत विषयमा छलफल भयो ।”
उहाँ छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीन र यसको स्वशासित क्षेत्र तिब्बत सरकारको निमन्त्रणामा तिब्बतको ल्हासामा आयोजित चौथो तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनमा प्रमुख अतिथिका रुपमा १० सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ २२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
भ्रमणकै दौरानमा उहाँले तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको परिसरमा चीनको केन्द्र सरकार तथा तिब्बत स्वशासित क्षेत्र सरकारको सहयोगमा पुनःनिर्माण हुने नेपाली महावाणिज्य दूतावासको भवन, नेपाल र चीनको सिमानामा रहेको तातोपानीको मितेरी पुल तथा नेपाल र चीनको सिमानामा बन्ने रसुवागढी पुलको शिलान्यास गर्नुभएको बताउनुभयो ।

सभामुख महराले प्रदर्शनीअन्तर्गत तिब्बतको लिन्ची प्रिफेक्चरअन्तर्गत लुलाङ शहरमा आयोजित ट्रान्स–हिमालय बेल्न एण्ड रोड अन्तर्राष्ट्रिय आर्थिक सहयोग मञ्चमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।

सो अवसरमा उहाँले चीनले अगाडि बढाएको वेल्ट एण्ड रोड एनिसियटिभमा नेपाल आबद्ध भइसकेको सन्दर्भमा यस अवधारणाका माध्यमबाट नेपाल र चीन एवं तिब्बतबीच के कसरी यस क्षेत्रका जनताबीचको आपसी सम्बन्ध एवं हित प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com